अत्तरिया - कैलालीको गोदावरी नगरपालिका वडा नं. २ तेघरीमा युवा क्लब दर्ता भएको छ ।
स्थानीय युबाहरुको पहलमा युबाहरुलाई सामाजिक तथा खेलकुद क्षेत्रमा अग्रसर गराउने उद्देश्यका साथ तेघरी युनाइटेड युथ क्लब दर्ता भएको हो ।
जसको अध्यक्षमा स्थानिय युवा सुरेश महरा सर्वसम्मत चयन भएका छन् ।
जसको उपाध्यक्षमा वीर बहादुर महरा, सचिवमा हिरा महरा, सहसचिवमा पदम महरा, कोषाध्यक्षमा कृष्णराज ओझा, सदस्यमा हरि महरा, धन बहादुर बोहरा, दिपेस महरा, बिसाल महरा, बिर्केस महरा, प्रकाश महरा, दुर्गा महरा, गणेश बाहादुर कडायत लगायत १३ सदस्य कार्य समिति गठन गरिएको हो । साथै समितिले ५ सदस्य सल्लाहकार समिति पनि गठन गरेको छ ।
जसको संयोजकमा यज्ञ बाहादुर महरा, सदस्यहरुमा खेमराज ओझा, गजेन्द्र महरा, रमेश बहादुर बलायर, पदम बहादुर महरा रहेका छन् ।
समितिका सदस्य हरि महराका अनुसार तदर्थ समिति पहिले नै गठन भएतापनि केहि प्राविधिक कारणले दर्ता गर्न नसकेपजि ढिलै भएपनि दर्ता भएकोमा निकै खुसि लागिरहेको बताए ।