अत्तरिया - कैलालीको अत्तरियामा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाइएको छ ।
नेकपा एमालेका अध्यक्ष समेत रहेका ओलीले एकलौटी निर्णय गर्दै पार्टीका कार्यकर्ता माथि निराशपन ल्याएको भन्दै माधव नेपाल पक्षका बिधार्थी नेताहरुले अत्तरिया बजार वरपर राँके जुलुस निकाल्दै शंख बजाएर प्रधानमन्त्रीको पुत्ला जलाइएका हुन् ।
उनीहरुले प्रधानमन्त्री ओलीका बिरुद्ध चर्को नाराबाजि समेत गरेका थिए । उनीहरुले ‘केपी ओली मुर्दावाद’, ‘लेख राज भट्ट मुर्दावाद’, ‘माधव नेपाल जिन्दाबाद’, ‘भीम रावल जिन्दावाद’ लगायतका नारा लगाएका थिए ।
अनेरास्ववियुको नेतृत्वमा भएको उक्त बिरोध कार्यक्रम सहभागी बिधार्थी नेताहरुले पार्टीमा महत्वपूर्ण योगदान दिएका बरिष्ठ नेता माधव कुमार नेपाल र उपाध्यक्ष भिम रावललाई कारबाही गर्ने ओलीको तानाशाहीका बिरुद्ध आफुहरु सडकमा उत्रिएको बताएका छन् ।
केपी ओलीले असंबैधानीक रुपमा नेताहरुलाई कारवाही गरेकाले त्यसको बिरुद्धमा आफूहरु सडकमा उत्रिएको अनेरास्ववियुका केन्द्रिय सचिव भिष्म सुवेदीले बताए । उनले कहिले पनि सूर्य चिन्ह्वाट चुनाव नलडेका तथा उमेद्वार नबनेका नेताहरुहरु पदको लोभका एमालेमा लागेको बताए ।
'यसै क्षेत्रका नेता लेखराज भट्ट पदको लोभमा लागेर अहिले एमालेमा प्रवेश छन् 'उनले भने - '४० बर्ष सम्म संगै साथ गरेका प्रचण्डको संगत छोड्न लेखराज भटट्लाई एक दिन लागेन किन भने उनलाई अहिले मन्त्रीको कुर्सि प्यारो भयो ।'
उनले आउदा दिनहरुमा लेखराज भट्टलाई अत्तरिया क्षेत्रमा चुनाव जित्न मुस्किल हुने बताए । प्रधानमन्त्री ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई ६ महिनाका लागि पार्टी सदस्यबाट निलम्वन गरेका छन् ।