अत्तरिया - कैलालीको गोदावरी नगरपालिका स्तरिय तेक्वान्दो विकास समितिको अध्यक्षमा सन्तोष भट्ट चयन भएका छन् । शनिबार अत्तरियामा भएको तेक्वान्दो खेलाडीहरुको भेलाले सन्तोष भट्टको अध्यक्षतामा ११ सदस्यीय नगर स्तरिय तेक्वान्दो विकास समिति सर्वसम्मत चयन गरिएको हो ।
जसको उपाध्यक्षहरुमा करन बोगटी र आशिष भट्टराई चयन भएका छन । यस्तै सचिवमा अमित बराल र कोषाध्यक्षमा सुनिल बिष्ट चयन भएका छन भने सदस्यहरुमा विनोद खत्री, सुशीला बोहरा, हरिश बिष्ट, जगन्नाथ गुप्ता, सुशिला शाही र मान बहादुर राई चयन भएका छन ।
यस्तै पूर्व तेक्वान्दो खेलाडी तथा प्रशिक्षक शिवराज भट्टराईको संयोजकत्वमा सल्लाहकार समिति पनि गठन गरिएको थियो । जसको सदस्यहरुमा पूर्व खेलाडीहरु करन चन्द, देवराज भट्टराई तथा ईन्द्र बहादुर सिँह रहेका छन ।
सुदुरपश्चिम तेक्वान्दो संघका कार्यवाहक अध्यक्ष सरोज चौधरीको सभापतित्वमा आयोजित कार्यक्रमका प्रमुख अतिथि वडाध्यक्ष शाही रहेका थिए । कार्यक्रमको बिशिष्ट अतिथिमा अत्तरिया उद्योग उद्योग बाणिज्य संघका संस्थापक अध्यक्ष बसन्त रोकाया , सुदूरपश्चिम तेक्वान्दो प्रमुख गोविन्द बिष्ट र अत्तरिया उद्योग बाणिज्य संघका अध्यक्ष अशोकराज देवकोटा रहेका थिए ।
यस्तै अतिथीहरुमा तेक्वान्दोका खेलाडी शिवराज भट्टराई, कैलाली जिल्ला कार्यसमिति सदस्य देवराज भट्टराई, पूर्व तेक्वान्दो खेलाडी करन चन्द, पिएफए स्पोर्ट क्लवका अध्यक्ष योगश भट्ट, कोषाध्यक्ष टेक भट्ट, युवा व्यवसायि तथा समाजसेवी चन्द्र प्रकाश भट्ट, दुर्गा लक्ष्मी वन समुदायिक समितिका अध्यक्ष दुर्गा कडायत लगायतको सहभागीता रहेको थियो ।
कार्यक्रमको सञ्चालन तेक्वान्दो खेलाडी एवम् प्रशिक्षक ईन्द्र सिँहले गरेका थिए ।