अत्तरिया - कैलालीको अत्तरियमा रहेको गोदावरी पत्रकार मञ्चले होलि पर्व बिशेष शुभकामना आदान प्रदान तथा सल्लाहाकारहरुको स्वागत कार्यक्रम सम्पन्न गरेको छ ।
शनिवार गोदावरी पत्रकार मञ्चका अध्यक्ष एबम् गोदावरी एफ. एमका सम्पादक हेमराज भट्टको सभापित्तवमा सम्पन्न कार्यक्रममा स्वाथ्य बिभागका पुर्ब महानिर्देशक एबम् पत्रकार मञ्चका संरक्षक डा. लक्ष्मीराज पाठक प्रमुख अतिथि रहेका थिए ।
यस्तै सो कार्यक्रममा पदमा अस्पतालका प्रबन्ध निर्देशक तथा पत्रकार मञ्चका संरक्षक डा. नर बहादुर मौनि बिशिष्ट अतिथी रहेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि डा. लक्ष्मि राज पाठकले पत्रकारले निष्पक्ष भएर सुचनाहरु सम्प्रेषण गर्नुपर्ने बताए ।
उनले एक जना पत्रकारको कलमले सिंगो समाज र देशलाई सहि दिशा तर्फ अघि बढाउन महत्वपूर्ण भूमिका खेल्ने बताए । राज्यको चौथौ अंग पत्रकार भएकाले पत्रकारको देशमा ठुलो भुमिका रहने बताउदै डा. पाठकले पक्ष बिपक्ष नभनि गोदावरी पत्रकार मञ्चका सम्पूर्ण पत्रकारहरुलाई स्वच्छ पत्रकारिता गर्न आग्रह गरे ।
यस्तै उनले अत्तरियाका पत्रकारहरु एक जुट भएको देख्दा आफुहरुलाई पनि खुसि लागेकाले पत्रकार मञ्चका लागि आफनो तर्फ बाट गर्नुपर्ने सम्पुर्ण सहयोगहरु गर्न तयार रहेको बताए । यस्तै कार्यक्रममा बोल्दै बिशिष्ट अतिथिमा डा. नर बहादुर मौनिले पत्रकार र पत्रकारिता आम सर्वसाधारणका लागि सुचनाको पहिलो सम्बाहाक भएको बताएका छन ।
यस्मा सर्बसाधारणलाई कस्तो सुचना र सन्देशहरु दिने भन्ने बिषयमा पत्रकारहरु गम्भिर हुनु पर्ने बताए । उनले पत्रकारहरुले एकलौटी रुपमा समाचार लेख्दा कसैको जिवनभरी भार पर्न सक्ने भएकाले पत्रकारले दुवै पक्षका कुराहरुलाई समेटेर आ आफ्नो संचारमाध्यामहरुमा ल्याउनुपर्ने बताए ।
कार्यक्रममा सहभागी पत्रकार मञ्चका सल्लाहाकारहरु अग्नि पोष्ट दैनिकका संञ्चालक लोक राज पाण्डे आगो , रेडियो प्रदेश सेभेनका प्रबन्ध निर्देशक शेर बहादुर शाहा , आर्थिक अभियान दैनिकका सुदूरपश्चिम ब्यूरो प्रमुख बिरेन्द्र भट्ट ,सुदुर बिजनेसका संचालक हेमराज अबस्थीले पत्रकार मञ्चको टिमलाई बधाई सहित शुभकामना दिएका थिए ।
कार्यक्रममा संरक्षक र सल्लाहाकारहरुलाई पत्रकार मञ्चका अध्यक्ष भट्ट , उपाध्यक्ष एबम् टिभी टुडेका सुदूरपश्चिम संयोजक अनिल पन्त र प्रबक्ता एबम् कामधेनु पोष्टका संचालक प्रेम बिष्टले टिका र खादा लगाएर स्वागत गरेका थिए । कार्यक्रमको संचालन मञ्चका सचिब नरेश नाथ योगीले गरेका थिए ।