अत्तरिया - कैलालीको गोदावरी नगरपालिका वडा नं ६ र ७ लालपुरमा बृहत सरसफाई गरिएको छ । वडा नं ६ र ७ को संगम स्थल गौडी चोकवाट आज बिहान बृहत सरसफाई अभियानकोे सुरुवात गरिएको हो ।
हरेक युवाको रहर , सफा र सुन्दर गाउँ सहर भन्ने मुल उध्ेश्यका साथ स्थानिय माईलस्टोन युवा क्लबको आयोजनामा दुवै वडामा उक्त अभियान सुचारु गरिएको छ ।
क्लबका अध्यक्ष डिल्लीराज भट्टको सभापतित्वमा आयोजित कार्यक्रमका नेपालि कांग्रेसका महाधिवेशन प्रतिनिधि विरेन्द्र भट्ट प्रमुख अतिथि रहेका थिए ।
यस्तै सो कार्यक्रममा गोदावरी नगरपालिका वडा नं. ६ का वडाध्यक्ष विर बहादुर चोखाल र वडा नं. ७ का वडाध्यक्ष हेमराज ओझा विशिष्ठ अतिथि रहेका थिए । पछिल्लो समय फेरि कोरोना भाईरस संगै अन्य सरुवा रोगहरुको जोखिम बढेकाले यसवाट बच्नका लागि बृहत सरसफाई कार्यक्रम संचालन गरिएको क्लबका अध्यक्ष डिल्ली राज भट्टले जानकारी दिए ।
उनले फोहोरमैलाका कारण बिभिन्न खाले सरुवा रोगहरु फैलिदाँ मानिसहरुले अकालमै ज्यान गुमाउनुपर्ने अबस्थाको अन्त्य गरी आफ्नो गाउँ घर आफैले सफा र सुन्दर राख्नुपर्ने बताए । उनले अभियान अन्र्तगत दुवै वडामा रहेका विभिन्न संघसंस्था, विद्यालयहरुमा तथा विभिन्न चोकहरुमा गरी ४८ वटा फोरमैलाको डस्टविन राखिएको बताए ।
उनले पहिलो पटक क्लबले आयोजना गरेको सो सरसफाई कार्यक्रमलाई भव्य रुपमा सम्पन्न गर्न सहयोग गर्न सबैलाई आग्रह गरेका छन् ।
कार्यक्रममा दुवै वडाका वडासदस्य, विभिन्न राजनितिक दलका प्रतिनिधि, संघसंस्थाका प्रतिनिधि एवम् स्थानिय लगाएत २०० बढी युवाहरुको सहभागीता रहेको थियो । स्थानिय दिपशिखा डान्स क्लबका अध्यक्ष दिर्घ साउँदको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रमको सञ्चालन सिद्ध बोहोराले गरेका थिए ।