अत्तरिया - कैलालीको अत्तरियामा ग्राहक सदस्यहरुका लागि एक दिने वित्तिय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । फारवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्था लिमिटेड शाखा कार्यालय गोदावरीको आयोजनामा बिहीबार उक्त कार्यक्रम सम्पन्न भएको हो ।
फारवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्था गोदावरीका प्रमुख गोमती जोराको सभाध्यक्षमा सम्पन्न कार्यक्रममा गोदावरी नगरपालिका वडा नं.२ को वडा अध्यक्ष कृष्ण राज जोशी प्रमुख अतिथी रहनु भएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी वडा अध्यक्ष जोशीले उक्त लघुवित्त वित्तिय संस्थाले यत्रतत्र छरिएर रहेका महिलाहरुलाई संगठित गरी जिविको उपार्जन गर्नमा ठूलो भुमिका खेलेको बताए । यो संस्थाले महिलाहरुलाई समूह बनाउनु पर्नेमा जानकारी गराएको समेत बताए ।
कार्यक्रममा ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी प्रमुख प्रहरी निरिक्षक उमेश चन्द विशिष्ट अतिथीम रहेका थिए ।
यस्तै अतिथीमा फरवार्ड सुदूरपश्चिम प्रदेश कार्यालय प्रमुख परमानन्द चौधरी, फरवार्ड शाखा कार्यालय जोगबुढाका कार्यालय प्रमुख केशव राज भट्ट, फरवार्ड धनगढी शाखाका कार्यालय प्रमुख दुर्गा प्रसाद चौधरी लगायतका सहभागि भएको कार्यक्रममा संस्थाका सहभागी सदस्यहरुको समेत उपस्थिति रहेको थियो ।
उक्त कार्यक्रममा वित्तिय साक्षरता, बचत, कर्जा, बिमा, रेमिटान्स, व्यवसायिक योजना, सुखी जीवन, बजेट, अवकास जीवन, आदिका बारेमा अन्तरक्रिया छलफल कार्यक्रम भएको थियो । कार्यक्रमको संचालन जोगुबुढा कार्यालयका कार्यालय प्रमुख केशव राज भट्टले गरेका थिए ।