अत्तरिया -ईलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी ज्ञान बहादुर बिष्टले स्थानिय सँग परिचयात्मक एवम् छलफल गर्नुभएको छ । आज इलाका प्रहरी कार्यालय मालाखेतिमा एक कार्यक्रमको आयोजना गरी उनले स्थानिय सँग आगामि सुरक्षा अवस्थाको बारेका सुझाव मागेका हुन्। डिएसपिको दरबन्दी हुने भएपछि अत्तरिया प्रहरीको कमान्ड समालेका विष्टले स्थानियसंग पहिलो पटक औपचारिक रुपमा भेटघाट गरेका हुन ।
कार्यक्रममा सहभागिहरुले जुवातास नियन्त्रण , दुर्ब्यसनी कुलत, होटेलहरुमा हुने अनैतिक क्रियाकलाप नियन्त्रणका लागि प्रहरीले बिशेष भुमिका खेल्नुपर्ने सुझाव दिएका थिए । स्थानियले प्रहरीले राजनिकि दवावमा परेर अपराधिहरुलाई उन्मुक्ति दिन नहुने तर्फ सचेत गराएका थिए । कार्यक्रममा बोल्दै गोदावरी नगरपालिकाका प्रमुख हरि सिं सावँदले समाजमा शान्ती सुरक्षा कायम राख्न नागरिक र प्रहरी सबै को भूमिका उत्तिकै हुनु पर्ने बताए ।
उनले प्रहरीलाई शान्ती सुरक्षा कायम राख्न नगरपालिकाको तर्फबाट हुने सक्ने सबै सहयोग गरिने बताए यस्तै नगरपालिकाकी उपप्रमुख रत्ना कडायतले शान्ती सुरक्षा कायम राख्ने कुरा प्रहरी एक्लैको मात्रै नभएर सबैले सहयोग गर्नु पर्ने बताईन् । सोही कार्यक्रममा सुझाब राख्दै नेपाली कांग्रेस गोदावरी नगरकमिटीका अध्यक्ष हेम प्रकाश उप्रेतीले प्रहरीले दबाबमा काम गर्न नहुने बताए ।
उनले भने -'प्रहरीले पहिलो कुरा जनताको विश्वास जितेर काम गर्नु पर्दछ अर्को कुरो गलत काम गर्ने जुन सुकै पार्टीका ब्यक्ती भएपनी कानुनी कार्बाहीमा लैजानु पर्दछ।' कार्यक्रममा सहभागी अत्तरिया उधोग बाणिज्य संघका अध्यक्ष अशोकराज देबकोटाले ईलाका प्रहरी कार्यालय मालाखेतीमा डिएसपीको दरबन्दी हुनु खुशीको कुरा भएकोले अब शान्ती सुरक्षा तर्फ प्रहरीको ध्यान केन्द्रित हुनुपर्ने बताए ।
उनले प्रहरी ब्यबसायीहरु सं-सँगै मिलेर काम गर्नु पर्ने धारणा राखे । यस्तै दुर्गालक्ष्मी बहुमुखी क्याम्पसका प्रमुख डम्मर पालले अबका दिनमा गोदावरी नगरपालिकाको भुगोल अली बिशिष्ट खालको भएकोले यँहाको सुरक्षा रणनिती पनि बिषेश खालको हुनु पर्ने बताए । उनले ईलाका प्रहरी कार्यालय मालाखेतीको आफ्नै भुगोलको ब्यबसायिक सदुपयोग गर्न सके प्रहरीलेको आर्थिक स्रोत बलियो हुने र त्यसको लागी कार्ययोजना बनाउन सुझाब दिए ।
सबैका कुरा सुनेपछि डिएसपी बिष्टले स्थानियको सुझाब अनुसार नै प्रहरीले काम गर्ने बताए । उनले आगामी दिनमा पनि यस्तै छलफल कार्यक्रमलाई निरन्तरता दिइने बताए ।