अत्तरिया - तेक्वान्दो डोजाङ्गलाई कैलालीको गोदावरी नगरपालिकाले खेल सामग्री सहयोग गरेको छ । नगरपालिकाले तेक्वान्दो खेलाडीहरुलाई आवश्यक पर्ने खेल सामग्री सहयोग गरेको हो ।
बुधबार एक औपचारिक कार्यक्रमका बिच गोदावरी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत देवराज जोशीले अत्तरिया तेक्वान्दो डोजाङ्गका प्रमुख ईन्द्र वहादुर सिंहलाई उक्त सामग्री हस्तान्तरण गरेका थिए ।
जस अन्तरगत चेपर प्याड ४ सेट, हेड गार्ड ७ पिस, सिन गार्ड ३ सेट, ग्रोइङ्ग गार्ड ४ पिस, हेन्ड गलभ्स २ सेट, किक प्याड ४ पिस, ब्याककिक प्याड १ पिस र लेग गार्ड २ सेट नगरपालिकाले अत्तरिया तेक्वान्दो डोजाङ्गलाई सहयोग गरेको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख प्रशासकिय अधिकृत जोशीले तेक्वान्दो खेलको विकासका लागि नगरपालिका सधै लागि पर्ने बताए । उनले खेलकुदको माध्यमबाट शारिरीक स्वस्थता मात्रै नभएर मानसिक स्वस्थता पनि ल्याउने भएकाले यसको ठूलो महत्व रहेको बताए ।
तेक्वान्दो खेलको लागि अत्तरियामा ईन्डोर हाउस बनाउन पहल गर्ने बताउँदै प्रमुख प्रशासकिय अधिकृत जोशीले हाल प्रशिक्षण दिईरहेको ग्राउण्डको धुलो व्यवस्थापनका लागि तत्काल काम अगाडी बढाउने बताए ।
अत्तरिया तेक्वान्दो डोजाङ्ग प्रमुख सिंहले थोरै भएपनि खेल सामग्री पाएकाले प्रशिक्षण दिन सहज हुने बताए । तेक्वान्दो ईन्डोर खेल हो तर हल अभावका कारण आउट डोरमा खेलाउनु परिरहेको छ’ उनले भने ‘अत्तरियामा खेल्न चाहने र प्रशिक्षण लिने धेरै छन तर ठाउँ अभावका कारण समस्या भएको सिंहले बताए ।’
अत्तरिया तेक्वान्दो डोजाङ्गले २०७४ सालदेखि प्रशिक्षण दिदै आएको छ । अध्यक्ष सिंहले हालसम्म डोजाङ्गबाट ५ सय विद्यार्थीले प्रशिक्षण लिइसकेको बताए । जसमद्ये १० जनाले ब्ल्याक बेल्ड लिएको उनले बताए ।
उक्त सामग्री वितरण कार्यक्रममा शिवराज भट्टराई , देवराज भट्टराई , प्रकाश शाही , पुर्व तक्वान्दो खेलाडी करन चन्द , पि एफ ए का स्थापक अध्यक्ष सन्तोष भट्ट , पि एफ ए का सचिब अनित बराल , अत्तरिया फुटबल क्लबका अध्यक्ष संन्जय ओझा लगायतका व्यक्तिहरुको सहभागिता रहेको थियो ।