अत्तरिया -ईलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी ज्ञान बाहादुर बिष्टले प्रहरी कसैको राजनितिक दबाबमा काम नगर्ने बताएका छन । सोमबार ईलाका प्रहरी कार्यालय मालाखेतीमा स्थानिय सँगको सामुहिक छलफल कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन । 'घटनाहरु भएपछि राजनितिक नेत्रित्वबाट फोनहरु आऊँछन तर दबाबको लागी होइन के भएको हो भनेर बुझ्नको लागी हो,' बिष्टले भने - तर हामी घटना बारे जानकारी दिन्छौ, कनभिन्स गर्छौं उँहाहरुले बुझ्नु हुन्छ, कानुन बिपरितको कार्य भएको छ भने कसैको दबाबमा काम गर्दैनौ।'पहिलो पटक
अत्तरिया डिएसपीको दरबन्दी भएपछि प्रहरीको कमाण्ड समाल्ने जिम्मेवारी पाएका बिष्टले स्थानिय सँग मिलेर नै आफुले काम गर्ने बताए । डिएसपी को जिम्मेवारी मात्रै आफुले पाएको तर अझै दरबन्दी ,मुद्दा चलाउन मिल्ने /नमिल्ने कुरोको अझै टुङोगो नलागेको उनले बताए । ईलाका प्रहरी कार्यालय मालाखेती सँग पर्याप्त जनशक्ती र स्रोत साधन नभएकाले काम गर्न चुनौती रहेको उनको भनाई छ । यि सबै कार्यमा सबैको सहयोग हुनुपर्नेमा उनले जोड दिए ।
उनले लागु पदार्थ दुर्ब्यसनी, जुवातास नियन्त्रण , होटेलमा हुने अबैध यौन कृयाकलाप , गुण्डागर्दी र अबैध बस्तुहरुको ओसारपसारमा कडा निगरानी गर्ने आफ्नो पहिलो कार्य हुने बताए । एउटा अफिसमा ८ वटा शाखाहरु सन्चालन गर्नु पर्ने आफुहरुको बाध्यता रहेको उनले बताए । उनले अत्तरिया प्रहरी सँग रहेको जनशक्तीको आधारमा एउटा प्रहरीले १३०० ब्यक्तीलाई र २४७ घरधुरीलाई सुरक्षा दिनुपर्ने अबस्था रहेको बताए । प्रहरी सँग रहेको एउटा मात्रै गाडीले स्कर्टिङ र अन्य सुरक्षा कार्यक्रम गर्न गार्हो रहेकोले यसको लागी पनि सबैले सहयोग गर्नु पर्ने बताए ।
प्रहरी कार्यालयको भौतिक सुबिधा सुधारको लागी आफुले एक बर्षे कार्ययोजना सहित कार्य गर्ने उनको भनाई छ । ईलाका प्रहरी कार्यालय को क्षेत्र मा घेरबार गर्ने योजना पनि रहेको बिष्टले बताए । मुस्कान सहित को प्रहरी सेवा , जनता सँग प्रहरी , स्थानिय सरकार सँगको समन्वयमा नागरिक प्रहरी साझेदारी कार्यक्रमलाई पनि प्रभाबकारी रुपमा अगाडी बढाउने उनले बताए । बिषेश गरी अत्तरिया बसपार्क ,बजार ,चोक र भित्रका गल्लीहरुमा थप प्रहरीको तैनाथीलाई बढाउने र जनतालाई शान्ती सुरक्षाको पूर्ण अनुभुती गराउने उनको तर्क छ ।