अत्तरिया - राष्ट्रिय सभा सदस्य सांसद कोमल ओलीले दिनप्रतिदिन महिला माथि भैरहेको हत्या , हिंसा , बलत्कार जस्ता घटनाहरु रोक्नका लागि अब छोरीहरु जाग्नुपर्ने बताएकी छन् ।
आज कैलालीको अत्तरियामा पुष्पाञ्जली आवासिय माध्यामिक विधालयको ३२ औँ बार्षिक उत्सव कार्यक्रममा बोल्दै उनले महिलाहरुको सोझोपनको फाईदा उठाउदै दिनहु जसो बढिरहेको यस्ता खालका जघन्य अपराधहरुलाई समाजवाटै हटाउनहका लागि स्वयम छोरीचेलीहरु जाग्नुपर्ने बताएकी हुन् ।
बिधालयमा गएकी छोरीचेली साझँ घर फर्किन पाउछन् कि पाउदैनन् भनेर अहिले सबै आमा बुवालाई चिन्ताको बिषय बनेको छ । सुदूरपश्चिम प्रदेशमा घटेको निर्मला हत्या , भागरथी हत्याले देश बिदेशमा रहेका सबै नेपालीहरुलाई स्तब्ध बनाएको उनले बताइन् ।
'अब यस्तो खालको शिकार कति महिलाले हुनुपर्ने हो , हामीले कहिले सम्म यस्तो हिंसा सहनुपर्ने हो' सांसद ओलीले भनिन् - 'यस्ता घटनाहरुमा हामीलाई अपराधि पत्ता लागेपछि पुग्छ तर यो समस्याको समाधान होइन् , यसलाई जरैदेखी हटाउनका लागि हाम्रा छोरीचेलीहरु आफै बलियो भएर कडा रुपमा प्रस्तुत हुनुपर्छ ।'
उनले कसैले पनि हिंसा नगर्ने र हिसां नसहने गरि एकताबद्ध भएर अगाडी बढेमा पक्की यस्ता खालका घटनाहरुवाट बच्न सकिने बताइन् । फरक प्रशंगमा बोल्दै उनले सबै भन्दा पहिलो प्राथमिकता पढाईलाई दिनुपर्ने बताएकी छन् ।
पढाई नभए पुरै जिन्दगी अन्धकार रहेको बताउदै उनले हरेक क्षेत्रमा पढाईको अनिवार्य आवश्यकता रहेको बताइन् । पढाई नभए आफु , आफ्नो घरपरिवार , समाज र देशको विकास हुन नसक्ने उनको भनाई छ ।
वरिष्ठ लोक गायिका समेत रहेकी सांसद ओलीले आफ्ना छोराछोरीको पढाईलाई निरन्तरता दिन र छोराछोरीलाई सानै उमेरदेखी सहि मार्गदर्शनमा हिडाउन अभिभावकहरुले बिषय ध्यान दिनुपर्ने बताएकी छन् ।
'मानब जिवनका लागि सबै भन्दा ठुलो आवश्यकता भनेको पढाई हो , पढाई छैन भने हामी केही पनि गर्न सक्दैनौ ' उनले भनिन् - 'हामी कुनै राम्रो स्थानमा पुग्यौ भने त्यहाँ पढाईको अनिवार्य आवश्यकता पर्दछ , त्यसैले हामीले अरु सबै कुरालाई छोडेपनि पढाईलाई चाही छोड्नु हुदैन ।
अहिले पढ्ने उमेरका धेरै बालबालिकाहरु श्रम शोषणमा परिहरेकाले उनीहरुलाई पढाईका लागि बिधालय सम्म कसरी ल्याउन सकिन्छ भन्ने बिषयमा तिनै तहको सरकारले सोच्नुपर्ने उनले बताएकी छन् ।
पुष्पाञ्जली आवासिय माध्यामिक विधालयका प्रध्यानाध्यापक यम प्रसाद भण्डारीको सभापतित्वमा बार्षिक उत्सव कार्यक्रममा सांसद ओली प्रमुख अतिथी रहेकी थिइन् ।