अत्तरिया - कैलालीको गोदावरी नगरपालिका वडा नं २ अत्तरियामा रहेको पुष्पाञ्जली आवासिय माध्यामिक विधालयको ३२ औँ बार्षिक उत्सव भब्य रुपमा सम्पन्न भएको छ ।
विधालयका प्रध्यानाध्यापक यम प्रसाद भण्डारीको सभापतित्वमा सम्पन्न भएको बार्षिक उत्सव कार्यक्रममा राष्ट्रिय सभा सदस्य सांसद कोमल ओली प्रमुख अतिथी रहनुभएको थियो ।
यस्तै कार्यक्रमको बिशिष्ट अतिथी संबिधान सभा सदस्य तथा पूर्व शिक्षा राज्यमन्त्री लिला भण्डारी रहनुभएको थियो ।
यस्तै कार्यक्रममा अतिथीहरुमा कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रशाद रिजाल , जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक अनुपम शमशेर जबारा , ईलाका प्रहरी कार्यालय मालाखेतीका निमित्त प्रहरी प्रमुख प्रहरी निरिक्षक उमेश चन्द , भूमि ब्यबस्था तथा अब्यबस्थीत , सुकुम्बासी आयोगका कैलाली जिल्ला अध्यक्ष दिपक प्रशाद देवकोटा , अत्तरिया उधोग वाणिज्य संघका अध्यक्ष अशोकराज देवकोटा , गोदावरी होटल ब्यबसायी संघका अध्यक्ष धनादेवी चोखाल लगाएत रहनुभएको थियो ।
बिबिध सास्कृति कार्यक्रम सहित सम्पन्न भएको कार्यक्रममा बिधालयलाई निरन्तर रुपमा सहयोग गर्दै आएका सहयोगीहरुलाई सम्मान पत्र सहित सम्मानित गरिएको थियो ।
कार्यक्रममालाई भब्य र सभ्य रुपमा सम्पन्न गर्न सहयोग गर्ने सम्पूर्णलाई विधालयका प्रध्यानाध्यापक भण्डारीले धन्यवाद दिएका छन् ।
उनले आफ्नो बिधालयले आगामी दिनहरुमा बिधार्थीहरुको पढाईलाई थप प्रभावकारी बनाउन ब्यबहारिक ज्ञानहरुलाई बढाउदै जाने बताएका छन् । बिधालयकी प्रसासकिय कल्पना भण्डारीको स्वागत मन्तब्यवाट सुरु भएको कार्यक्रमको संचालन बिधालयका शिक्षक डम्मरु भट्ट र शिक्षिका गोमती भट्टले गरेका थिए । सो बिधालयमा अहिले एक हजारको हाराहारीमा बिधार्थीहरु रहेका छन् ।