अत्तरिया - कञ्चनपुरको कृष्णपुर नगरपालिकामा सरकारी रकमको चरम दुरुपयोग भएको पाइएको छ । नगरपालिकाको वडा कार्यालय भवन निर्माणमा सरकारी रकमको चरम दुरुपयोग भएको पाइएको हो ।
१ करोड बढीको लागतमा बनेको ५ नम्बर वडा कार्यालयको भवन निर्माण सम्पन्न भएको बर्षदिन नबित्दै भत्किन सुरु भएको छ । नगरपालिका र निर्माण कम्पनीको लापरबाहीले नै नयाँ भवन अहिले टालटुल गर्नुपर्ने अबस्थमा आइपुगेको हो ।
उक्त भवन निर्माणका लागि २०७५ साल असार २४ गते १५ महिनामा सक्ने गरी महेन्द्रनगरको रस्मी बिल्डर्स प्रा.लीसंग ठेक्का सम्झौता भएको थियो । निर्माण कम्पनीले सम्झौताको समयाबधि भन्दा ढिलो गरी २०७७ साल असार महिनामा काम सम्पन्न गरेर हस्तान्तरण गरेको थियो । कुल १ करोड १ लाख १ हजार २२ रुपैयाको लागतमा बनेको उक्त वडा कार्यालयको भवनको बाहिर पट्टि जगको वरपरको पुरै भाग फुटेर चिराचिरा परेको छ ।
असारमा भवन निर्माणको काम सम्पन्न भएपछि साउनमा भवनको उद्घाटन गर्दै सोही भवनवाट वडाको कामकाज सुरु गरिएको छ ।
तर भवनको अबस्थमा हेर्दा पुरै अस्तब्यस्त रहेको छ । जगको बाहिर पट्टीको पुरै भाग फुटेर चिराचरा पर्न थालेपछि निर्माण कम्पनीले दोस्रो पटक टालटुल गरेको छ । तर पछि गरिएको टालटुलले कति दिन टिक्ने , उक्त टालटुल गरिएको ठाउँमा अहिले आएर फेरि भत्किएको छ ।
भवनको जगको मात्रै नभई हलमा लगाइएको ढोका समेत फुटिसकेका छन् । यसरी जनताले तिरेको करको दुरुपयोग गर्दै राज्य कोषको दोहोन गरिनु दुखद रहेको नेपाली काग्रेस कृष्णपुरका युवा नेता पुष्पराज भट्टले बताए । यसमा सबै भन्दा ठूलो लापरबाही र कमजोरी नगरपालिकाका जनप्रतिनिधिको नै रहेको उनले बताए ।
यसमा नगरपालिकाका जनप्रतिनिधि , इन्जिनियर , प्राबिधिक र निर्माण कम्पनी सबैको मिलेमातो हुन सक्छ उनले भने हाम्रो घरको पैसा होइन , जस्तो बनेपनि हामी सधै यहाँ बस्ने होइनौ भन्ने जस्ता मान्यताले मतलब नर्दा यो समस्या आएको हो ।
उनले नगरपालिकाले नगरको विकास र जनताको सुबिधाको लागि भन्दा पनि आफ्ना कार्यकर्ता र आसेपासेलाई पोस्नका लागि सरकारी रकमको चरम दुरुपयोग गरिरहेको बताए ।
उनले नगरपालिकामा कुनै काम हुदाँ स्थानिय बजारमा पाइने सामानहरु स्थानियहरु बजारवाटै लिएर आफ्नो ठाउँको बजार प्रबद्र्धन गर्नुपर्नेमा आफ्नो चिनजानको भरमा अन्य ठाउँमा ल्याउने गरेको बताए । 'नगरपालिकामा केही काम हुन्छ भने त्यसका लागि चाहिने सामानहरु हाम्रै बजारमा पाइन्छन् तर नगरपालिकाले यहाँ उपलब्ध भएको सामान देख्दैन' उनले भने - 'बरु महङ्गो भएपनि बाहिरवाट नै सामान ल्याएर राख्छ यो किन भने आफ्ना आसेपासे र कार्यकर्ता त पोस्नुपञ्र्यो ।'
उनले यस तर्फ जनप्रतिनिधिहरुले बिषेश ध्यान दिनुपर्ने र अझै यस्ता कमि कमजोरी र लापरबाही गर्दै राज्य कोषको दुरुपयोग गरेमा सम्पूर्ण स्थानियहरु यसको बिरोधमा उत्रिने बताएका छन् । वडा नं ५ का वडा अध्यक्ष आशुराम चौधरीले भवन निर्माणको बिषयमा आफुलाई कुनै जानकारी नभएको प्रतिकृया दिए । यो नगरस्तरिय योजना अन्र्तगत भएकाले आफुहरुलाई खासै यस बिषयमा जानकारी नभएको उनको भनाई छ ।
'हामीलाई योजना हेर्ने , अनुगमन गर्ने अधिकारी छैन , भवन निर्माणको सम्पूर्ण कामकाज नगरपालिकाको प्राबिधिकहरु हेरेका हुन्' उनले भने - ' हो हामीले भवन निर्माणमा देखिएको कमीकमजोरी र लापरबाहीका बिषयमा नगरपालिकालाई जानकारी गराएका हौ ।'
नगरपालिकामा जानकारी गराएपछि एक पटक फुटेको ठाउँमा टालटुल गरेपनि फेरि भत्किएको वडा अध्यक्ष चौधरीले बताए । कृष्णपुर नगरपालिकाका इन्जिनियर कुबरले वडा कार्यालयको भवन निर्माणमा केही कमीकमजारी भएको स्विकार गरे । उनले पुरै जग नै कमजोर नभएको तर जगको वरपरको पेटीहरु भने फुटेकाले यसको मर्मत गरिने बताए ।
कुनै पनि काम ठेक्का सम्झौता मार्फत गर्दा काम सम्पन्न भएको १ बर्ष सम्म निर्माण कम्पनीको धरौटी बाकिँ नै रहने भएकाले सो निर्माण कम्पनीको पनि धरौटी फिर्ता नभएको उनको भनाई छ । उनले यस बिषयमा निर्माण कम्पनीलाई बोलाएर तुरुन्त काम गर्न लगाउने बताएका छन् ।
यता रस्मी बिल्डर्सका प्रतिनिधि गणेश बिष्टले जग बसेका कारणले समस्या आएको बताए । उनले सुरुमा निर्माण गर्दा अलग अलग पिल्लरका लागि अलग अलग खाल्डोहरु खन्नुपर्ने भएपनि सबैका लागि संगै खाल्डो खन्दा जग बस्ने गरेको बताए ।
अहिले पूर्ण रुपमा जग बस्न दिइने र त्यसपछि यसको मर्मत सम्भार गरिने उनको भनाई छ । 'यो खासै समस्या होइन , जग बसेका कारणले पेटीहरु फुटेको हो' उनले भने - ' हामी अहिले २ नम्बर वडा कार्यालयको भवन बनाइरहेका छौ अब यसलाई पहिला राम्रो संग बस्न दिउ त्यसपछि हामीले मर्मत गर्ने भनेर भनिसकेका छौ । '