अत्तरिया - सुदूरपश्चिम प्रदेशको राजधानी कैलालीको अत्तरियामा रहेको अत्तरिया उधोग वाणिज्य संघको अधुरो भवन निर्माणको कार्यलाई अगाडी बढाइने भएको छ । यस अघि रकम अभावका कारणले अधुरो रहेको भवन निर्माणको कार्यलाई विभिन्न संघसंस्था र ब्यावसयाीहरुको सहयोगमा अगाडी बढाइने भएको हो ।
२०७१ सालमा स्थापना भएको भएको उधोग वाणिज्य संघले गोदावरी नगरपालिका वडा नं २ बनेखेतमा ५ तले भवनकोे स्टमेट अनुसार भवन निर्माणको काम सुरु गरेको भएपनि रकम अभावले अधुरोमै छाडिएको थियो ।
नेपाल उधोग वाणिज्य महासंघ संगै अत्तरिया क्षेत्रका बिभिन्न संघसंस्था र ब्यबसायीहरुले सहयोग गर्ने भनेपछि अधुरो भवन निर्माणको कार्यलाई अगाडी बढाइन लागेको उधोग वाणिज्य संघ अत्तरियाका अध्यक्ष अशोक राज देवकोटाले जानकारी दिए ।
उनले अधुरो भवन निर्माणका लागि अत्तरियामा रहेको ग्लोबल आइएमई बैंकले नगद १ लाख रुपैया सहयोग गरेको बताए । सहयोग रकम बाफतको चेक बिहिवार ग्लोबल आइएमई बैकका अत्तरिया शाखा म्यानेजर भुवन भट्टले उद्योग बाणिज्य संघलाई हस्तान्तरण गरेका थिए ।
यस्तै कार्यालयका लागि आवश्यक पर्ने फर्निचरका सामग्रीहरु स्थानिय ब्यवसायी सुरेन्द्र महराले उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् । महराले कार्यालयका लागि चाहिने सोफा , टेबुल , दराज लगाएत अन्य गरी ६० हजार बराबरको फर्निचर सहयोग गरेको अध्यक्ष देवकोटाले बताए ।
यस्तै अधुरो भवन निर्माणका लागि महासंघमा पनि कुरा राखेकाले केही सहयोग आउने अपेक्षा गरिएको बताए । यस्तै भवन निर्माणका लागि यस क्षेत्रका सम्पूर्ण उधोगी , ब्यबसायीहरुमा अध्यक्ष देवकोटाले अनुरोध गरेका छन् ।
उनले यो भवन सबैको साझा सम्पत्ति भएका हुदाँ यसलाई पूर्ण रुप दिनु हामी सबैको दायित्व रहेकाले सम्पूर्णलाई आ आफ्नो तर्फवाट सहयोग गरिदिन आग्रह गरेका हुन् ।
उक्त भवन निर्माणको काम २०७३ सालदेखी सुरु गरिएको थियो । ५ तलाको स्टमेट अनुसार काम सुरु गरिएकोमा हाल १ करोड लगानी लागि सकेको र पूर्ण रुपमा भवन निर्माणको काम सम्पन्न गर्न ५ करोड रुपैया लाग्ने अध्यक्ष देवकोटाले बताए ।
अहिले सोही भवनको तल्लो तलावाट कार्यालयको कामकाज संचालन भैरहेको छ ।