अत्तरिया - कैलालीको चुरे गाउँपालिका वडा नं ६ मा युवा क्लब गठन गरिएको छ । मंगलबार चुरे गाउँपालिका ६ धनेडीमा वडा अध्यक्ष प्रेम बहादुर साउँको प्रमुख अतिथ्यतामा बसेको युवाहरुको भेलाले हर्क बोहराको अध्यक्षतामा ११ सदस्यिय चुरे युवा क्लब गठन गरिएको हो ।
जसको उपाध्याक्षमा पुरन कार्की , सचिबमा गणेश नाथ योगी , सह सचिबमा गणेश बुढाऐर र कोषाध्यक्षमा पुजा थापामगर चयन भएका छन् ।
यस्तै समितिको सदस्यहरुमा टिका खड्का , खडक ठाडा मगर , लाल बहादुर बोहरा , मदन साउँद , बिक्रम ऐर र मुना ठगुन्ना चयन भएका छन् । यसैगरि प्रेम बहादुर साउँदको संयोजकत्वमा ५ जनाको सल्लहाकार समिति पनि चयन गरिएको छ ।
जसका सदस्यहरुमा हर्क बहादुर साउँद , हुकुम ठाडा मगर , बम बहादुर खत्री र तिलक भण्डारी रहेका छन् । कानुनी सल्लहाकारमा अधिवक्ता देवराज भट्ट र प्रेस सल्लहाकारमा गोदावरी पत्रकार मञ्चका सचिब नरेश नाथ योगीलाई राखिएको छ ।
नव गठित युवा क्लबले आफ्ना हक अधिकारका लागि आबाज उठाउने र गाउँ समाजमा बिभिन्न समयमा सामाजिक कार्यहरु गर्दै जाने सचिब गणेश नाथ योगीले बताए ।
उनले सबै युवाहरुलाई एक जुट गराउदै बिकृति र बिसंगतिलाई हटाएर सभ्य समाज निर्माणमा यस युवा क्लबले महत्वपुर्ण भूमिका खेल्ने बताएका छन् ।