धनगढी - सर्वोच्च अदालतले नेकपा एमाले र माओबादी केन्द्रलाई पुरानै अबस्थामा पुर्याएपछि सुदुरपश्चिम प्रदेश सरकारको समीकरण फेरिने सम्भावना बढेको हो । मुख्यमन्त्री त्रिलोचन भट्ट माओबादी केन्द्रका सांसद हुन । उनलाई अहिले एमालेको समर्थन छ । सुदूरपश्चिम प्रदेशसभामा माओवादी केन्द्रका १४ जना सांसद छन् । ५३ सदस्यीय प्रदेशसभामा सरकार टिकाउन वा नयाँ बनाउन २७ सांसद आवश्यक हुन्छ । अब कांग्रेस वा एमालेको समर्थनमा मात्रै हालको सरकार टिक्न सक्छ ।
एमाले र जनता समाजवादी पार्टीबीच समझदारी भए प्रदेश सरकार गठन हुन सक्ने सांसदहरूको आकलन छ । अहिलेकै अवस्थामा एमालेका २४ र जसपाका २ सांसद छन् । अर्कोतिर, कांग्रेसका १२ र माओवादी केन्द्रका १४ सांसद जोड्दा दुवैतर्फ बराबर २६ जना हुन आउँछ । त्यस अवस्थामा सभामुख अर्जुनबहादुर थापाले निर्णायक मतदान गर्नुपर्नेछ ।
एमालेबाट निर्वाचित सभामुख थापाले एमालेलाई नै निर्णायक मतदान गर्न सक्छन् । १२ सांसद रहेको कांग्रेसले नेतृत्व लिन उसलाई थप १५ जना आवश्यक पर्छ । त्यसका लागि माओवादी केन्द्रले सघाएर मात्रै पुग्दैन । जसपा आउनैपर्ने अवस्था छ । कांग्रेसका १२, माओवादी केन्द्रका १४ र राजपाका २ जना जोड्दा भने २८ सांसद पुग्छन् । एमाले र माओवादी केन्द्र मिलेर सजिलै सरकार बन्ने अवस्था रहे पनि त्यो सम्भाबना पनि कम रहेको एमालेका नेताहरुको बुझाई छ । यदपी धेरै कुरा केन्द्रको राजनितीको समीकरणमा भर पर्ने पनि नेताहरुको भनाई छ ।
नेकपा एमालेका प्रदेश सांसद तारालामा तामाङले केन्द्रको राजनिती के हुन्छ त्यसैमा प्रदेश सरकारको फेरबदल निर्णय हुने बताए । उनले भने - 'माथि के हुन्छ त्यसैमा भर पर्ने हुन्छ ,तल त के हुन्छ र माथि को निर्णय पर्केर बसेका छौं ।' नेकपा एमाले ले सरकार बनाउन एमालेका केन्द्रिय उपाध्यक्ष भिम रावलको समर्थन हुनु जरुरी छ । उनी अहिले एमालेको ओली इतर समुहमा सकृय छन ।
तत्कालिन माओबादी केन्द्रका प्रभाबशाली नेता जसले मुख्यमन्त्री भट्टलाई समर्थन गरेका थिए उनी पनि अहिले नेकपा एमाले ओली पक्षमा बलियो सँग उभिएका छन । मुख्यमन्त्री भट्ट अदालतको निर्णय अघी भिमरावल खेमामा उभिएका थिए तर अहिले रावल र मुख्यमन्त्री भट्टको पार्टी अलग अलग नै रहेको छ ।
सुदूरपश्चिममा सभामुखबाहेक एमालेका २४ जना सांसद छन् । तीमध्ये नेपालु चौधरी, लीलाधर भट्ट, पठानसिंह बोहरा, ग्याल्बोसिंह बोहरा र रतनबहादुर थापा ओली पक्षमा छन भने १९ सांसद नेपाल पक्षमा रहेका छन् । तत्कालिन माओबादीबाट सांसद बनेका झपट बोहोरा ओली पक्षमा लागेपछि उनको पद पनि धरापमा परेको छ । नेकपा एमाले आफ्नै नेत्रित्वमा सरकार बनाउन पनि केन्द्रिय नेताहरुको निर्देशन कुरेर बसेका छन ।