अत्तरिया - सुदूरपश्चिम प्रदेशको राजधानी कैलालीको अत्तरियामा रहेको यस क्षेत्रकै प्रमुख पर्यटकिय क्षेत्र लामी ताल परिसरमा ब्यानर लगाइएको छ ।
गोदावरी नगरपालिका वडा नं २ मा रहेको उक्त तालको संरक्षण सम्बद्धनमा अहिले सम्म राज्यका कुनै पनि निकायको ध्यान नदिएको भन्दै गोदावरी होटल ब्यवसायी संघले आज लामी ताल परिसरमा ब्यानर लगाएको हो ।
अहिले देशमा तिन तहको सरकार हुदाँ समेत कसैको ध्यान जान नसकको भन्दै यस तर्फ सरकारको ध्याकार्षण गराउन र बाहिर ठाउँवाट तालको अबलोकनका लागि आउने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई स्वागत गर्नका लागि ब्यानर लगाइएको गोदावरी होटल ब्यवसायी संघकी अध्यक्ष धना चोखालले बताइन् ।
"नजिकको तिर्थ हेला भनेको यही हो , हाम्रै घर आगनमा यति ठूलो पर्यटन क्षेत्रको सम्भावना बोकेको ताल छ तर यसमा सरकारका कुनै पनि निकायको ध्यान जान सकेको छैन " उनले भनिन - "अहिले तालमा केही नभएपनि बिभिन्न ठाउँवाट मान्छेहरु फोटो खिच्न , टिकटक बनाउन , केही बेर आराम गर्न पुगिरहेका छन् तर ताल कुन हो भन्ने बाहिरको मान्छेलाई थाहा नै हुन्न , त्यसले पनि हामीले ताललाई चिनाउन र बाहिरवाट आएकाहरुलाई स्वागत गर्न ब्यानर लगाएका हौ ।"
उनले यो ब्यानर सामान्य रहेकाले धेरै दिन नटिकेपनि सरकारको ध्यानाकर्षण गराएको र सरकारले दिगो रुपमा तालको विकासका लागि सोच्नपर्ने बताइन् ।
कैलाली जिल्लाको गोदावरी नगरपालिका वडा नं २ अन्र्तगत पर्ने धार्मीक प्राप्व बोकेको पर्यटकिय केन्द्र लामी ताल संरक्षणका लागि स्थानिय सरकार , प्रदेश सरकार र संघिय सरकार लगायतका सम्बन्धित सरोकारबाला एकजुट हौ गोदावरी होटल ब्यबसायी संघले लगाएको ब्यानरमा लेखिएको छ ।