अत्तरिया - कैलालीको अत्तरियामा रहेको धनगढी दुग्ध बितरण आयोजनाले गोदावरी पत्रकार मञ्चलाई स्वागत गरेको छ ।
गोदावरी नगरपालिका वडा नं १ अत्तरियामा रहेको सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) धनगढी दुग्ध बितरण आयोजनाले आज आफ्नै कार्यालयमा एक कार्यक्रममा बिच गोदावरी पत्रकार मञ्च अत्तरियाका सम्पूर्ण नवनिर्वाचित पत्रकारहरुको टिमलाई बधाई दिदै स्वागत गरेको हो ।
अत्तरिया क्षेत्रका बिभिन्न मिडियामा आबद्ध कृयशिल पत्रकारहरु मिलेर पत्रकार मञ्च गठन भई एकताबद्ध भएको भन्दै सबैलाई एक साथ स्वागत गर्न पाउदाँ खुसी लागेको आयोजनाका प्रमुख कृष्ण अर्यालले बताए ।
उनले सम्पूर्ण टिमलाई बधाई दिदै सबैलाई निपष्क्ष भएर कलम चलाउन अनुरोध समेत गरेका छन् । पत्रकार मञ्चको टिमलाई कार्यालयमै बोलाएर स्वागत सम्मान गरेकोप्रति पत्रकार मञ्चका तर्फवाट मञ्चका अध्यक्ष हेमराज भट्टले धनगढी दुग्ध बितरण आयोजनालाई धन्यवाद दिएका छन् ।
उनले आगमी दिनहरुमा पनि सबैको साथ , सहयोगको अपेक्षा राखेको र यस क्षेत्रका साझा समस्याहरुलाई सामुहिक रुपमा उठान गर्दै जाने बताएका छन् ।
यसैबिच उक्त धनगढी दुग्ध बितरण आयोजनाले चालु आर्थिक वर्षको पुस मसान्त सम्ममा ४ लाख १४ हजार ४ सय २५ लिटर दुध संकलन गर्न सफल भएकोे छ ।
१३ लाख १४ हजार ५ सय बार्षिक लक्ष्य लिएकोमा चालु आर्थिक वर्षको साउन देखि पुस मसान्त सम्ममा ४ लाख १४ हजार ४ सय २५ लिटर दुध संकलन गर्न सफल भएकोे हो ।
गत आर्थिक वर्ष पनि आयोजनाले १३ लाख १४ हजार ५ सय बार्षिक लक्ष्य लिएको थियो जसमध्ये कोरेनाका कारण आयोजनाले १२ लाख १० अजनर ३ सय ३१ लिटर दुध संकलन गरेको थियो । दैनिक १० हजार दुध संकलनको क्षमता भएपनि धुलो दूध र मख्खनको मौज्दात बढि भएकाले हाल ५ सय लिटर मात्र दुध संकलन गरिरहेको आयोजना प्रमुख अर्यालले बताए ।
उनले बजार विस्तार र पूर्वाधार विकास हुन नसक्दा व्यापार बढ्न नसकेकोले नयाँ क्षेत्र विस्तार र पूर्वाधारमा सरकारले लगानी गरे निजी क्षेत्रसँग प्रतिष्पर्धामा रहेर काम गर्न सकिने उनले बताए ।
डीडीसीले खुला दूध बिक्री गर्न नपाइने गरी आएको दूध तथा दुग्धपदार्थको स्वच्छता एवं गुणस्तर निर्देशिका कार्यान्वयन नभएकाले बजारमा दूध खपत गर्न कठिन भएको बताए ।