अत्तरिया - राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य बिक्रम बिष्टले कैलालीको गोदावरी नगरपालिका वडा नं १ अत्तरियाकी एक विपन्न महिलालाई आर्थिक सहयोग गरेका छन् ।
उनले आज आफ्नो जन्मदिनको अबसर पारेर कलिलो उमेरमै श्रीमानको स्वार्गवास भएपछि बेसहारा बनेकी टिका थापालाई आर्थिक सहयोग गरेका हुन् ।
गोदाबरी युवा संघका संयोजक समेत रहेका बिष्टले आज थापाको घरमै पुगेर नगद रु ५ हजार ५ सय सहयोग गरेका हुन् । जन्मदिनमा फर्जुल खर्च गर्नुभन्दा थोरै भएपनि राहात होस भन्नका लागि सहयोग गरेको बिष्टले बताए ।
६ महिना पहिले श्रीमानको मृत्यु भएपछि सहारा बिहिन बनेकी उनलाई हामीले दिएको सानो सहयोगले ठूलो राहात मिल्नेछ त्यसैले हामी सबैले उनलार्ई सहयोग गरौ उनले भने । उनले आगमी दिनहरुमा पनि आफु र आफ्नो युवा संघको तर्फवाट सहयोग गर्ने प्रतिबद्धता समेत जनाए ।
अहिले बिभिन्न सामाजिक ब्यक्तिहरुवाट आर्थिक सहयोग संकलन गर्दै थापा र उनका ससाना बच्चाहरुलाई बस्नका लागि घर निर्माण गर्न लागिएको छ । सामाजिक अभियान्ता तिलक राज भण्डारीको अगुवाईमा २ कोठे पक्की घर निर्माण भैरहेको छ ।
लाउ लाउ खाउ खाउ भन्ने उमेरमा श्रीमानको मृत्यु भएपछि थापा बेसहारा बनेको उनले बताए । उनको अबस्थामा पनि नाजुक र घरमा कमाउने कोही नभएपछि बिभिन्न सहयोगी दाताहरुवाट आर्थिक संकलन गरि अहिले उनलाई बस्नका लागि घर निर्माणको काम थालेको उनले बताए ।
घरको जग हाल्ने काम पुरा भैसकेको बताउदै उनले बाकिँ घर निर्माणका लागि आर्थिकको आवश्यकता पर्ने हुदाँ सबैलाई सहयोग गरिदिन अपिल गरेका छन् । सहयोग गर्न चाहानेहरुले आफुलाई सम्पर्क गर्न सक्ने उनले बताए ।
सहयोग हस्तान्तरणपछि थापाले जन्मदिनको अबसरमा घरमै आएर आफुलाई आर्थिक सहयोग गरेको भन्दै धन्यवाद दिएकी छन् ।
उनका श्रीमानको करिब ६ महिना पहिलो जन्डिसका कारण मृत्यु भएको थियो अहिले उनका ३ वटा छोराछोरी रहेका छन् । जसलाई उनले दैनिक ज्यालामजदुरी गरेर पालन पोषण गरिरहेकी छन् ।