अत्तरिया - सुदूरपश्चिम प्रदेश सभा सदस्य चुनुकुमारी चौधरीले राज्यको चौथो अंगका रुपमा रहेका पत्रकारहरु नै समाज परिर्वतनको संवाहक भएको बताएकी छन् । शुक्रवार अत्तरियाका पत्रकारहरुको साझा मञ्च गोदावरी पत्रकार मञ्चका नवनिर्वाचित पदाधिकारीहरुलाई आफ्नै निवासमा स्वागत तथा बधाई दिदै उनले यस्तो बताइकी हुन् ।
उनले समाजमा भएका गरेका राम्रा र नराम्रा कुराहरुलाई पत्रकारहरुले गहन तरिकाले अध्ययन गरेपश्चात आ आफ्नो मिडिया मार्फत सम्पूर्ण जनता माझँ ल्याउदाँ त्यसले समाजमा छुट्टै खालको प्रभाव पार्ने गरेको बताइन् । पछिल्लो समयमा हरेक कुरा प्रबिधिमैत्री बन्दै जादाँ अहिले पनि रेडियो , टिभी र पत्रपत्रिकाको विश्वास र भरोसा उत्तिकै कायम रहेको उनको भनाई छ ।
उनले कोरोना महामारीको समयमा लामो समय लकडाउन हुदाँ सबैले देशभरिका सुचनाहरु संचार माध्यामहरुवाट मात्रै पाएकाले त्यसमा पत्रकारहरुको भूमिका महत्वपूर्ण रहेको बताइन् । कार्यक्रमका प्रमुख अतिथि समेत रहेकी संसाद चौधरीले गोदावरी पत्रकार मञ्चका सम्पूर्ण नवनिर्वाचित पदाधिकारीहरुलाई स्वागत गदै बधाई दिएकी थिइन् ।
उनले अत्तरियामा यत्रतत्र छरिएर रहेका पत्रकारहरु एक जुट भएर एक समुहमा आबद्ध भएको भन्दै खुसी ब्यक्त गरिने । उनले सम्पूर्ण पत्रकारहरुलाई निश्पक्ष भएर यस क्षेत्रमा भएका साझा समस्याहरु उठान गरी सम्बन्धित निकायको ध्यानाकर्षण गराउन अनुरोध गरिन् ।
उनले पत्रकारहरुले नराम्रा कुराहरुलाई मात्र नभएर समाजमा भए गरेका राम्रा कुराहरु पनि जनता माझँ पुञ्याउनुपर्ने बताइन् । फरक प्रशंगमा बोल्दै उनले आफु निर्वाचित भैसकेपछि आफ्नो क्षेत्रमा जनताहरुका माझँमा बोलेका सबै बाचाहरु पुरा गर्दै जान थलेको बताइन् ।
'म धेरै आश्वासन दिदैन तर जे बोल्छु म त्यो पुरा गरेर देखाउँछु उनले भनिन् - 'अहिले मेरो निर्वाचन क्षेत्र कैलाली निर्वाचन क्षेत्र नं ४ मा चुनाबको बेला बोलेका सबै बाचाहरु बिस्तारै पुरा गर्दै जान थालेकी छु ।'
उनले अहिले आफ्नो क्षेत्रमा बिषेश प्राथमिकता कृषिलाई दिइरहेको बताइन् । समर्ग कृषि क्षेत्र र किसानहरुका लागि आफुले समय समयमा बिभिन्न खालका योजना र तालिमहरु ल्याइरहेको उनको भनाई छ ।
उनले सबै कामहरु एकै चोटी नहुने हुदाँ अझै २ बर्ष बाकिँ रहेकाले यो दुई बर्षको अबधिमा सबै कामहरु पुरा गर्ने प्रतिबद्धता जनाएकी छन् । गोदावरी पत्रकार मञ्चका अध्यक्ष तथा गोदावरी एफ .एमका समाचार प्रमुख हेमराज भट्टको सभापत्विमा भएको कार्यक्रममा प्रमुख अतिथि सासंद चौधरी रहेका थिइन् ।