अत्तरिया - सुदूरपश्चिम प्रदेशको राजधानी कैलालीको अत्तरियामा आज बृहत सास्कृतिक कार्यक्रम हुन लागेको छ । कोरोना महामारी त्यसपछि नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका कारण लामो समय ठप्प रहेको ठूलो सास्कृतिक कार्यक्रम आज पहिलो पटक अत्तरियामा हुन लागेको हो ।
बिगत एक बर्षदेखी बिभिन्न सामाजिक कार्यहरु गर्दै आइरहेको युवाहरु मिलेर गठन गरिएको थ्रिडिभिएल क्रियसन काण्ड खराबको आयोजनामा आज बिहान १० बजेदेखी साझँ ४ बजेसम्म कार्यक्रम संचालन हुने भएको छ ।
आज परेको महाशिवरात्रिको पर्वको अबसरमा आयोजिक उक्त कार्यक्रममा चर्चित लोकपप गायक चेतन बोहरा र देउडा गायक भुवन दाहालको प्रस्तुति रहने थ्रिडिभिएल क्रियसनका सचिब एलआर ओझाले जानकारी दिए ।
यसका साथै अन्य बिभिन्न स्थानिय कलाकार तथा स्थानिय बिभिन्न डान्स क्लबहरुका आकर्षक प्रस्तुतिहरु पनि कार्यक्रममा रहने उनले बताए ।
थ्रिडिभिएल क्रियसनका अध्यक्ष दिपक ओझाले पछिल्लो समय कला संस्कृतिका नाममा बिभिन्न किसिमका बिकृती फैलिदै गई रहेकोले परम्परागत कला संस्कृतिको संरक्षणसंगै युवाहरुलाई श्रृजनात्मका काममा लाग्न उत्प्रेरणा जगाउनका लागि कार्यक्रमको आयोजना गर्न लागिएको बताए ।
उनले अत्तरिया स्थित लामिताल परिसरमा आयोजना हुने कार्यक्रममा करिब ५ हजार दर्शकहरुले अवलोकन गर्ने अपेक्षा गरिएको बताए ।
यसका साथै कार्यक्रममा थ्रिडिभिएल क्रियसनद्धारा काटिएको चिठ्ठाको पुरस्कार पनि हस्तान्तरण गरिने भएको छ । आर्थिक संकलनका लागि यसअघि थ्रिडिभिएलले १ सय रुपैयाँ बराबरको चिठ्ठा काट्ने अभियान संचालन गरेको थियो ।
जस अन्तरगत हालसम्म ११ सय बढी चिठ्ठा काटिएको आयोजकले बताएको छ । जसमा प्रथम पुरस्कार कम्प्युटर , दृतिय पुरस्कार साईकल र तृतिय पुरस्कार २ हजार बराबरको साधा मोबाईल सेट र अन्य १० जनालाई भित्ते घडी पुरस्कार प्रदान गरिने छ ।