धनगढीमा जारी चण्डिका ग्रुप लिटल फ्लावर प्रिमियर लिग (एलपीएल) क्रिकेट प्रतियोगितामा लिटल फ्लावर स्कुल सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार भएको पहिलो खेलमा त्रिनगर स्कुललाई ७ विकेटले पराजित गर्दै लिटल फ्लावर अन्तिम चारमा प्रवेश गरेको हो ।
संघीय प्रहरी इकाई कार्यालयको खेल मैदानमा त्रिनगरले दिएको ६६ रनको लक्ष्य लिटलले १० ओभर २ बलमा ३ विकेट गुमाउँदै पूरा ग¥यो । लिटलको जितमा नरेन भट्टले ३० रन, मनोज चनाराले १६ र निरज चन्द १३ रन बनाए । त्रिनगरका बसन्त थापा मगरले २ तथा शिशिर थापा मगरले १ विकेट लिए । यस अघि टस जितेर पहिले ब्याटिङ गरेको त्रिनगरले १२ ओभर ५ बलमा अलआउट हुँदै ६५ रन बनाएको थियो ।
उसका रमेश विष्टले सर्वाधिक १३ रन बनाए । लिटलका सचिन भट्टले ४, मनोज चुनारा र नरेन भट्टले ३÷३ विकेट लिए ।सोमवार नै भएको दोस्रो खेलमा शारदा विद्या निकेतनले नेक्सस स्कुल काठमाडौँलाई २ विकेटले पराजित गरेको छ । शारदाको जितमा अर्जुन साउदले सतकीय पारी खेले।
नेक्ससले दिएको १ सय ५३ रनको लक्ष्य पछ्याउने क्रममा साउदले ६२ बलमा १२ छक्का र ६ चौकाको मदतले अविजित रहँदै १ सय १३ रन बनाएपछि शारदाले १९ ओभरमा ८ विकेट गुमाउँदै लक्ष्य भेटाएको हो । साउँद म्यान अफ द म्याच चुनिए ।
नेक्ससका राज बम र सन्दीप पाण्डेले समान २÷२ विकेट लिए । यसअघि टस जिते ब्याटिङ गरेको नेक्ससले निर्धारित २० ओरभमा ७ विकेट गुमाउँदै १ सय ५२ रन बनाएको थियो । उसका लागि विपिन विक्रम शाहीले ५३ र रमेश बुढाथोकीले ४१ रन बनाए । शारदाका दीपक रोकायाले ३ विकेट लिए ।
१६ टिमको सहभागिता रहेको प्रतियोगितामा सेमिफाइनल पुग्ने दुई टिमको टुङगो लागेको छ । प्रतियोगिताको विजेताले १ लाख २० हजार पाउने छन् । त्यस्तै उपविजेताले ६० हजार प्राप्त गर्दा सर्वोत्कृष्ट खेलाडीले १० हजार पाउने छन् ।