अत्तरिया - आज मार्च ८ अर्थात १११ औं अन्तर्राष्ट्रिय महिला दिवस । ‘महिलाको सुरक्षा, सम्मान र रोजगारः समृद्ध नेपालको आधार’ भन्ने राष्ट्रिय सङ्कल्पका साथ देशभर विविध कार्यक्रमहरु गरी मनाइँएको छ ।
यता कैलालीको अत्तरियामा पनि महिला दिवस मनाइएको छ । गोदावरी नगरपालिकाको समन्ब्यमा वडा नं २ मा रहेको जिवनज्याती महिला विकास बहुउध्ेश्यीय सहकारी संस्थाको आयोजनामा र्याली एक औपचारिक कार्यक्रमका बिचमा दिवस मनाइएको हो ।
सहकारी संस्थाको कार्यालयवाट सुरु भएको र्याली अत्तरिया बजारमा परिक्रमा गरी पुन कार्यालयको पं्रगणमा पुगेर समापन गरिएको थियो ।
र्यालीमा सहभागीहरुले छोराछोरी बराबरी , सबैको सहभागीता महिला हिंसा बिरुद्धको प्रतिबद्धता , हाम्रो आह्वान महिलाको सम्मान , घर शान्ति नै बिश्व शान्तिको आधार हो , मानबताका लागि महिला सशक्तिकरण ब्यबहारमा उतारौ , लैङ्गिक समानताका लागि पाईला हाराहारी सन् २०३० सम्म हिस्सा बराबरी , संबिधानलाई ब्यवहारमा उतारौ, महिला अधिकार सुनिश्चित गरौ , महिला मैत्री संबिधान महिला हिंसाको निदान , महिला हिंसा बिरुद्ध शून्य सहिष्णता कायम गरौ , छाउपडी प्रथा अन्त्य गरौ , बलत्कारीलाई फासी दे जस्ता नारा लगाएका थिए ।
र्याली पछि संस्थाकी अध्यक्ष सुमित्रा सोवको अध्यक्षतामा आयोजित कार्यक्रममा गोदावरी नगरपालिका महिला तथा बालबालिका शाखाकी प्रमुख गोदावरी खत्री प्रमुख अतिथी रहनुभएको थियो ।
यस्तै कार्यक्रममा गोदावरी २ का वडा सदस्य संगिता बि.क र वडा नं १० की वडा सदस्य ईश्वरी राबल , संस्थाकी सल्लाहाकार शारदा रोकाया , जेष्ठ नागरिक जौलादेवी राबल , महिला तथा बालबालिका सेभ हाउसकी उपाध्यक्ष सकुन्तला सोव लगताएत संचालक समितका पदाधिकारीहरु र शेयर सदस्यहरुको सहभागीता रहेको थियो ।
कार्यक्रममा बोल्दै सबै बक्ताहरुले महिलामाथि हुने हत्या , हिंसा , बिभेद लगाएतका घटनाहरु न्युनिकरणका लागि राज्यले कडा खालको कानुन बनाएर लागु गर्नुपर्ने बताएका छन् । उनीहरुले सर्बप्रथम त आ आफ्नो घरभित्रवाट बिभेदको अन्त्य हुन जरुरी रहेको बताएका छन् ।
संस्थाकी उपाध्यक्ष लिलावती सिंहको स्वागत मन्तब्यवाट सुरु भएको कार्यक्रमको संचालन पुजा बि.कले गरेकी थिइन् । यस वषक्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदार माथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर यो दिवस मनाउने गरिन्छ ।