अत्तरिया - कैलालीको अत्तरियामा बृहत सांस्कृतिक कार्यक्रमको आयोजना हुने भएको छ । पछिल्लो एक बर्षदेखी बिभिन्न सामाजिक कार्यहरु गर्दै आएको थ्रिडिभिएल क्रियसन काण्ड खराबको टिमले आज पत्रकार सम्मेलनको आयोजना गरी यहि २७ गते शिवरात्रीको दिन बृहत सांस्कृतिक कार्यक्रम आयोजना गर्न लागिएको जानकारी गराएको हो ।
थ्रिडिभिएल क्रियसनका अध्यक्ष दिपक ओझाले पछिल्लो समय कला संस्कृतिका नाममा बिभिन्न किसिमका बिकृती फैलिदै गई रहेकोले परम्परागत कला संस्कृतिको संरक्षणसंगै युवाहरुलाई श्रृजनात्मका काममा लाग्न उत्प्रेरणा जगाउने उद्देश्यका साथ यो कार्यक्रमको आयोजना गर्न लागिएको बताए ।
कार्यक्रम संचालनका लागि सरकारी सघसंस्थाबाट सोचे अनुरुप सहयोग नपाएको गुनासो गर्दै उनले अन्य केही सामुदायिक वन, बिभिन्न संघसस्था र व्यक्तिहरुवाट मात्रै सहयोग पाएको बताए । कार्यक्रममा सुदूरपश्चिमका चर्चित देउडा गायक भुवन दाहाल संगै स्थानिय कलाकार र थ्रिडिभिएल क्रियसनका कलाकारहरुले आ – आफ्नो प्रस्तुती राख्ने छन् ।
थ्रिडिभिएल क्रियसनका सचिव एलआर ओझाले कार्यक्रम बिहान १० बजे देखि सुरु भएर साँझ ४ बजे सम्म संचालन हुने बताए । अत्तरिया स्थित लामिताल परिसरमा आयोजना हुने कार्यक्रममा करिब ५ हजार दर्शकहरुले अवलोकन गर्ने अपेक्षा गरेको उनले बताए ।
कार्यक्रममा थ्रिडिभिएल क्रियसनद्धारा काटिएको चिठ्ठाको पुरस्कार पनि हस्तान्तरण गरिने भएको छ । आर्थिक संकलनका लागि यसअघि थ्रिडिभिएलले १ सय रुपैयाँ बराबरको चिठ्ठा काट्ने अभियान संचालन गरेको थियो ।
जस अन्तरगत हालसम्म ११ सय बढी चिठ्ठा काटिएको आयोजकले बताएको छ । जसमा प्रथम पुरस्कार कम्प्युटर , दृतिय पुरस्कार साईकल र तृतिय पुरस्कार २ हजार बराबरको साधा मोबाईल सेट र अन्य १० जनालाई भित्ते घडी पुरस्कार प्रदान गरिने सचिब ओझाले जानकारी दिए ।