काठमाडौं - अविरल वर्षाको कारण देशभरको जनजिबन प्रभाबित भएको छ । शुक्रबारदेखि देशका विभिन्न स्थानमा आएको बाढी पहिरोमा परी शनिबार दिउँसोसम्म ३३ जनाको मृत्यु भएको छ । बाढी पहिरोमा परी १५ जना बेपत्ता भएका छन् भने १२ जना घाइते भएका छन् ।
ललितपुर र भोजपुरमा पाँच-पाँच जना, काठमाडौँ, खोटाङ र काभ्रेमा तीन-तीन जना, मकवानपुर, धादिङ र सिन्धुलीमा दुई-दुई जना तथा ओखलढुंगा, पर्सा, रामेछाप, ईलाम, झापा, सुनसरी, बारा र चितवनमा एक-एक जना गरी ३३ जनाको ज्यान गएको हो ।
बाढी पहिरोमा परेका काठमाडौँमा १०८ जना, उदयपुरमा १० जना, ललितपुरमा ८ जना, सिन्धुलीमा २ जना, सिरहामा २ जना, भक्तपुर, सुनसरी र मकवानपुरमा एक-एक जना गरी १३३ जनाको सकुशल उद्दार गरिएको प्रहरीले जनाएको छ ।
बाढी पहिरोबाट मकवानपुरमा ४ जना, काभ्रेमा २ जना तथा खोटाङ, रामेछाप, धादिङ, दोलखा, सुनसरीमा र चितवन एक/एक जना गरी १२ जना घाइते भएका छन् ।
सिन्धुलीमा ४ जना, काठमाडौँ, ललितपुर, पाँचथर, झापा, उदयपुर, मोरङ, सुनसरी, पर्सा, महोत्तरी, रौतहट, धादिङमा एक-एक जना गरी १५ जना वेपत्ता भएका छन् ।