बझाङ -देशको सबै नाका भन्दा छाेटाे बाटाे रहेको बझाङ जिल्लाकाे एक मात्र तिब्बत जाेडी ने उरैमा तस्करहरुकाे लस्कर देखिन थालेको छ। जसमा निर्माणाधीन चैनपुर ताक्लाकाेट सडक पनि यहि नाका हुँदै जाने देखिन्छ ।
बझाङ जिल्लामा रहेको छाेटाे नाकामा विगतका बर्षहरुमा पनि याे नाका हुँदै कराेडाैकाे जडिबुटी तिब्बतकाे चाईनामा जाने गरेकाे पाईन्थ्याे भने यस बर्ष पनि तस्करहरुले विभिन्न खाले जडिबुटीहरु ओसार पसार गर्न थालेका छन् ।
जिल्लाकाे साईपाल गाउँपालीका अन्तिम हिमाली दुर्गम गाउँपालीकामा पर्दछ । जुन गाउँपालीकामा पर्यटकीय क्षेत्र निकै रहेकाे पाईन्छ भने याे क्षेत्रमा यार्चागुम्बु, ,बन लसुन , चिराईताे, कटुकी, सत्ताे,लगाएतका जडिबुटीहरु पाईन्छन् ।
बझाङ जिल्लाकाे साईपाल गाउँपालीका हुँदै तिब्बत जाेडीने नाका बाट अमुल्य जडिबुटी हरुकाे ओसार पसार हुने गरेकाे छ भने ठुला- ठुला तस्करहरु साईपाल गाउँपालीकाकाे तथा तिब्बतकाे सिमाना नेपाल चिनकाे सिमाना आसपास पालहरु हालेर खुलेआम बसेका छन् । उनिहरुले पाल भित्र कराेडाैकाे जडिबुटी लुकाएर राखेको हुन्छन् ।
आज भाेली सिजन नै हाे, जुन नाका बाट यार्चागुम्बु त जान्छ नै बन लसुन कटुकी, चिराईताे सत्ताे जस्ता जडिबुटीहरु याे सिजनमा प्रशस्त अवैध रुपमा जडिबुटी उरै नाका हुँदै तिब्बतकाे चाईना जाने गरेकाे छ । तस्करहरुले घाम लागेको समयमा जडिबुटीहरु बाहिर घाममा सुकाउने र पानी परेको समयमा पाल भित्र लुकाउने गरेका छन् ।
तस्करहरूले तिब्बत लैजाने जडिबुटी बझाङकाे नाका जाेडिने साईपाल,कालङ्गा,नयाँ,राईढुङगी हुँदै उरै बाट ताक्लाकाेट पुर्याउने गरेका छन्। बझाङकाे तिब्बत जाेडिने याे नाका बाट तस्करहरुले अवैध जडिबुटी र सामान ओसार पसार गर्ने समय भनेको बैशाख देखी भाद्र सम्म हुने गरेको छ ।
साईपाल गाउँपालीका गाउँपालीका अध्यक्ष राजेन्द्र बहादुर धामिले सो नाकाबाट साेचे जस्तो राजस्व पनि उठाउन नसकिएको बताए । उनले भने - जडिबुटी काे बारेमा जिल्ला वन कार्यालय बझाङले न त स्थानीय सरकार सँग हातेमालो गरेको छ ,नत जडिबुटी काे राजस्व उठाउने सम्वन्धी हक अधिकार दिएको छ । अध्यक्ष धामीले जिल्ला बन कार्यालयलाई पटक पटक जानकारी गराएको भएपनी कुनै सुनुवाई नभएको धामीको भनाई छ ।
साईपाल गाउँपालीकाले गाउँपालीका प्रहरी अर्थात स्वयंसेवक भनेर, राजस्व उठाउन र नेपाल प्रहरीलाई सहयाेग गर्नकाे लागि १० जना स्थानीयहरुलाई भर्ती गरेको छ । गाउँपालीकाकाे लक्ष्य ५० लाख राजस्व उठाउने भएपनी अहिले सम्म १६ लाख मात्रै संकलन भएको छ । तस्करी राेक्न राईढुङगी भन्ने स्थानमा ७ जना प्रहरी र अन्य स्वयंसेवक खटाएको अध्यक्ष धामीले बताए । याे नाका हुँदै अवैध रुपमा जडिबुटी निकास हुन थालेको खबर प्राप्त भएपछि अवैध जडिबुटी समात्न ७ जनाकाे टाेली सो स्थानमा पठाएको डिएसपी सुर्य बहादुर केसीले बताए ।
नेपाल सरकारले तिब्बतकाे चाईना जाेडिने बझाङकाे उरै नाकामा सुरक्षा पाेष्ट स्थापना गर्न नसक्दा लाखौंको राजस्व गुमाउने गरेको छ। सरकारले ध्यान नदिँदा तिब्बत जाेडिने याे नाका हुँदै जडिबुटी ,बाघ,चितुवा,भालुका पित्त छालाहरु ओसार पसार हुने गरेका छन् ।