बाजुरा - जिल्लाको त्रिबेणी नगरपालिका र बुढीगंगा नगरपालीका बिचमा रहेको द्धवारीमा बुढिगंगा नदि बर्षात सुरु भएपछी थुनिने खतरामा रहेको छ । बर्षात सँगै बुढिगंगा नदिमा पानि बढदै जानु र त्रिबेणी नगरपालिका ९ पैमा गाँउ तल बाट पहिरो झर्न शुरु भएपछि थुनिने खतरामा रहेको त्रिबेणी नगरपालिका नगर प्रमुख ९ का वडा अध्यक्ष विर बहादुर विष्टले बताए ।
गएको बर्ष देखि सो ठाँउमा पहिरो बग्न थालेको हो । हिउँदको समयमा पनि पहिरो बगेपनि खासै असर थिएन् । बर्षातमा पानि बढने भएपछि द्धवारीमा बुढिगंगा नदि थुनिन खतरामा रहेको स्थानिय बासि तुला बहादुर खत्रीले बताए । लगातार पहिरो बढदै गएपछि र ठुला ढुङ्गा बिचमा आएर अडकिएपछि जतिबेला पनि नदि थुनिन सक्ने खतरा रहेको छ ।
गत बर्ष देखि नै पैमा गाँउ बाट लगातार पहिरो खसिरहेको छ, नदि एक छेउतिर गएपछि यता बुढिगंगा नगरपालिका १ अम्कोटको तल बाट पहिरो बग्न शुरु भएको स्थानिय सर्पलाल साउँदले बताए । नदि थुनिने खतरा सँग नजिकै रहेको खेतियोग्य जमिन, झुलंगे पुल र साँफे मार्तडी सड्क खण्ड पनि उच्च जोखिममा रहेका छन् ।
पहिरोका वारीतिर रहेको साँफे मार्तडी सड्क खण्ड गएको बर्ष बर्षातको तिन महिना अबरोध भएको थियो । उता बाटो पहिराले नदिले साघुरो बनाउदै गएको छ, अर्को भागमा नदिले कटान गर्दै गएपछि जुनसुकै बेला पनि साँफे मार्तडी सड्क बन्द हुन सक्ने खतरा रहेको छ । गत बर्ष देखि नै सरकार राज्यलाई जानकारी भएपनि सड्क ब्यबस्थापन गर्नमा कसैको ध्यान गएको छैन ।
नदि थुनिने खतरा सँगै बाजुराको ताप्रिसेरा, सेरा बगर,मौरे, अछामको बुढाबगर, साँफेबगर लगायत केही ठाउँ उच्च जोखिममा रहेका छन् ।
पहिरो सँगै जोडिएको त्रिवेणी नगरपालीका ९ पैमा र बुढीगंगा नगरपालीका १ अमकोटका एक सय बढी परिवार पहिरोको जोखिममा रहेका छन । भने केही परिवार घर छोडेर अन्य ठाउँमा सरिसकेको छन ।