अत्तरिया-कैलालीको अत्तरियामा रहेको बिषादी अवशेष दुत बिश्लेषण ईकाईमा रहेको मेसिन बिग्रीदा फलफूल र तरकारीमा हुने बिषादी परिक्षण रोकिएको छ । फलफूल र तरकारीमा हुने बिषादीको मात्रा परीक्षण गर्ने मेसिन १ साता अघि बिग्रीए पछि परिक्षणको काम रोकिएको ईकाई प्रमुख जित बहादुर थापाले बताए । उनले मेसिन बिग्रए पछि मर्मतका लागि काठमाडौंबाट प्राबिधिक बोलाउँदा पनि मसिन नबने पछि अहिले मसिन मर्मतका लागि काठमाण्डौ पठाएको बताए । उनले मेसिन बनेर आउन अझै २÷३ दिन लाग्न सक्ने बताए । उक्त मेसिनले कुन- कुन तरकारी तथा फलफूलमा के कती मात्रामा विषादीको दर देखियो भने खान हुने या नहुने भन्ने परीक्षण गर्ने थापाले बताए ।
उनका अनुसार मसिनले ३५ प्रतिशत भन्दा बढी रुकावट दर देखिएमा त्यस्तो तरकारी तुरुन्तै खान नमिल्ने भएकाले त्यस्तो तरकारीलाई ३ देखि ५ दिन सम्म स्टोरमा राखेर मात्रै बजारमा पठाउने गरेको बताए । रुकावट दर ४५ प्रतिशत भन्दा बढी देखिएमा भने त्यस्तो तरकारीलाई नस्ट नै गर्ने गरेको थापाले बताए । २०७३ साल चैत्रमा स्थापना भएको उक्त बिषादी अवशेष दुत बिश्लेषण ईकाईबाट अत्तरियामा रहेको कृषि उपज थोक बजार केन्द्रमा रहेका थोक तथा खुद्रा पसलमा रहेका तरकारी तथा फलफूलको नमुना संकलन गरी दैनिक परिक्षण गर्ने गरिएको छ ।
सुदुरपश्चिम प्रदेशको एक मात्र बिषादी अवशेष दुत बिश्लेषण ईकाई मार्फत तरकारी तथा फलफूलको बढी कारोबार हुने क्षेत्र धनगढी , महेन्द्रनगर लगायत अन्य बजारबाट पनि नमुना संकलन गरी समय समयमा परिक्षण गर्ने गरिएको एकाईका प्रमुख थापाले बताए । केन्द्रले बढी बिषादी देखिएमा फलफूल, तरकारी नष्ट गर्ने र व्यापारी तथा किसानलाई यस्ता बिषादी युक्त तरकारी फलफूल बिक्रि नगर्न निर्देशन दिँदै आएको छ ।
भारतीय भन्दा नेपाली तरकारीमा बढी बिषादी
बिषादी अवशेष दुत बिश्लेषण ईकाईका अनुसार भारतबाट आउने तरकारी धेरै दिन पछि नेपालमा पुग्ने भएकाले भारतबाट आएको तरकारी भन्दा नेपालबाट आएको तरकारीमा बिषादीको मात्रा बढी देखिने गरेको छ । बिषादी प्रयोग गरेको समय जति बढ्दै जान्छ बिषादीको मात्रा पनि कम हँुदै जाने भएकाले नेपालबाट आउने तरकारी भन्दा भारतबाट आउने तरकारीमा बिषादीको मात्रा कम देखिएको एकाई प्रमुख थापाले बताए । ‘नजिक भएका कारण नेपालमा उत्पादन भएको तरकारी सिधै बजारमा ल्याउँदा बिषादिको मात्रा बढी देखिएको हुन्छ ।
भारतबाट आउने तरकारी भने टाढाबाट आउने र धेरै ठाउँमा रोकिएर आउने भएकाले धेरै दिन लाग्छ जसले गर्दा भारतीय तरकारीमा प्रयोग भएको बिषादीको अवशेष कम भएर जाने भएकाले बिषादी रुकावट दर कम देखिन जान्छ ।’ ईकाई प्रमुख थापाले भने– ‘ अहिले सम्म ४५ प्रतिशत भन्दा बढी रुकावट दर भएको एउटा मात्रै नमुना खाँनिडाडामा उत्पादन भएको बन्दामा फेला परेको छ जुन व्यपारी मार्फत बजारमा आएकाले कुन किसानले उत्पादन गरेको हो भन्ने पत्ता नलागेको भएपनि हामीहरुले व्यापारी मार्फत त्यस क्षेत्रका किसानहरुलाई सजक गराएका छै ।’ ईकाई प्रमुम थापाले मेसिन मार्फत तरकारी तथा फलफुलको रुकावट दर पत्ता लाग्ने भएपनि कुन बिषादी प्रयोग गरिएको छ भन्ने बारे भने जानकारी नहुने बताए ।
कृषि उपज थोक बजार केन्द्रमा अहिले ३० ओटा कृषि थोक पसल र ५ ओटा खुद्रा कृषि पसल रहेका छन । कृषि उपज थोक बजार केन्द्रमा भारत लगायत नेपालका कैलाली , कन्चनपुर , डडेल्धुरा ,बैतडी , डोटी लगायतका क्षेत्रबाट तरकारी आउँने र केन्द्रबाट स्थानिय बजार संगै काठमाण्डौ लगायत मौसम अनुसार शुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा तरकारी पठाईने गरेको केन्द्रकी मुखिया लक्ष्मी न्यौन्यालले बताईन । उनले केन्द्रमा दैनिक ३० टन तरकारी र १० टन फलफूल बिभिन्न ठाउँबाट आउने गरेको बताईन । उनले कृषि उपज थोक बजार केन्द्रमा परिक्षण गरिएको हुने भएकाले बाहिर बजारमा पाईने तरकारी तथा फलफुल भन्दा गुणस्तरीय हुने बताईन ।