अत्तरिया - सार्वजनिक हित बिरुद्धको कसुर अन्र्तगत जिल्ला प्रहरी कार्यालय कैलालीको नियन्त्रणमा रहेका अत्तरिया उधोग वाणिज्य संघका अध्यक्ष अशोकराज देवकोटा सहित सबै रिहा भएका छन् । अध्यक्ष देवकोटा सहित सबै ८ जना जनही सात हजार धरौटी रकम बुझाएर आज रिहा भएका हुन् ।
गोदावरी नगरपालिकाले यहि असार १० गते सम्पन्न तेस्रो नगरसभाको उद्घाटन कार्यक्रमलाई बिथोल्न पटक पटक अबरोध पुञ्याएको भन्दै उधोण बाणिज्य संघका अध्यक्ष देवकोटा सहित ८ जनाका बिरुद्ध सार्वजनिक हित बिरुद्धको कसुर अन्र्तगत मुद्ध दायर गरेको थियो । मुद्धा दायरपछि गत बुधबार विहान ईलाका प्रहरी कार्यालय मालाखेतीवाट गएको प्रहरीको टोलीले पत्रकार सम्मेलन स्थलबाटै अध्यक्ष देवकोटा सहित अन्य तीन जनालाई नियन्त्रणमा लिएको थियो भने बाँकी पाँच जना भने आफै जिल्ला प्रहरी कार्यालय कैलालीमा पुगेका थिए ।
अध्यक्ष सहित उधोण बाणिज्य संघका पदाधिकारीहरुलाई प्रहरीले पक्राउ गरेपछि रिहाईको माग गर्दै अत्तरिया बजार एक दिन बन्द गर्नुका साथै एक घण्टा चक्काजाम समेत गरिएको थियो । यस्तै नेपाल उधोग वाणिज्य महासंघ संगै सुदुरपश्चिम प्रदेशका बिभिन्न उधोग वाणिज्य संघहरुले बिज्ञप्ती निकाल्दै पक्राउ परेका सबैलाई तत्काल रिहा गर्न माग गरेका थिए ।
रिहा भएका सबैलाई आज अत्तरियामा अत्तरिया उधोग वाणिज्य संघका पदाधिकारी सहितका ब्यापारीहरुले टिका र खादा ओडाएर भब्य स्वागत गरेका थिए । रिहा भएपछि अत्तरिया चोकमा आयोजित कोण सभालाई सम्बोधन गर्दै अत्तरिया उधोग वाणिज्य संघका अध्यक्ष अशोकराज देवकोटाले आफुहरुले जानि बुझी नगरसभालाई बिथोल्ने काम नगरेको बताए । उनले हरेक बर्ष नगरपालिकाको निति तथा कार्यक्रम सार्वजनिक कार्यक्रममा उधोग वाणिज्य संघले आफ्ना कुरा राख्दै आएको र यस पटक पनि आफुहरुले अत्तरियाका ब्यापारी ब्यवासायीका साझ समस्याहरु राख्न पाउनुपर्ने माग मात्रै राखेको बताए ।
उनले आफु कुनै राजनितिक पार्टीको प्रतिनिधि नभई उधोग वाणिज्य संघको अध्यक्षको हैसियतले नगरसभाको कार्यक्रममा सहभागी भएको बताए । उनले नगरपालिकाले बजारमा नया ब्यापार गरिरहेका ब्यवासायीहरुले तिर्नुपर्ने कर नगरपालिका स्थापना भएदेखी नै तिर्नुपर्ने बताएपनि आफुहरुले त्यसको बिरोध गर्दै आएकाले आफुले बोल्ने क्रममा सो कुरालाई पनि कार्यक्रममा राख्ने सोचेको भएपनि कार्यक्रममा आग्रह पुर्वाग्रह हिसाबले आफुलाई बोल्न नदिएको धारणा राखे ।
समर्ग अत्तरियाका ब्यापारी ब्यवासायीहरुका हक हितका लागि आवाज उठाउदा कार्यक्रममा भएको कमी कमजोरीका बिषयमा नगरपालिकाले आफुहरुसंग कुनै छलफल नगरि सिधै मुद्धा मामिलामा जानु यस क्षेत्रका लागि दुभाग्र्य भएको उनको भनाइ थियो ।