अत्तरिया-सुदुरपश्चिम प्रदेशका अधिकांस जिल्लाका स्थानिय तहका वडा कार्यालयमा नेकपा विप्लव समूहका कार्यकर्ताले तालाबन्दी गरेका छन् ।कैलाली, डडेल्धुरा ,अछाम,कन्चनपुर लगाएतका जिल्लाहरुमा सेती महाकाली ब्युराेले तालाबन्दी गरेको हो ।
कैलालीका धनगढी उपमहानगरपालिका,गौरीगंगा नगरपालिका, टीकापुर नगरपालिका, लम्कीचुहा नगरपालिका, जानकी गाउँपालिका र बर्दगोरिया गाउँपालिका मा रहेका स्थानिय झण्डै ४५ भन्दा बढी वडा कार्यालयमा विप्लव नेकपाले ताला लगाएको छ ।
गोदावरी नगरपालिकाकाका भने कुनै वडामा तालबन्दी भएको छैन । यधपी आईतवार बिहान वडा नम्बर ६ र ७ को वडा कार्यालय परिसर भेटिएको शंकास्पद बस्तु भने बम नरहेको पुष्टी भएको छ ।
उता बिप्लप समुहले कञ्चनपुरका पनि ९ वटा स्थानीय तहमा तालाबन्दी गरेको जनाएको छ । पार्टीको सेती महाकाली ब्युरो नामबाट तालाबन्दी गरिएका कार्यालयअगाडि संसदीय व्यवस्था अन्त्य र सरकार खारेजी माग गरिएका पर्चासमेत राखिएका छन्।
विप्लवका कञ्चनपुर सेक्रेटरी राजेन्द्र विष्ट(परिवर्तन)का अनुसार नौ वटै स्थानीय तहका कार्यालय र वडा कार्यालयमा तालाबन्दी गरिएको हो।स्थानीय तहमा व्याप्त भ्रष्टाचार र पार्टीका कार्यकर्ताको धरपकडसँगै झूटो मुठभेडका नाममा हत्या गर्ने शृंखला बढाउँदै लगेकाले विरोधमा प्रथम चरणको घोषित कार्यक्रमअन्तर्गत तालाबन्दी गरिएको पार्टीका जिल्ला सेक्रेटरी विष्टले बताए।
यस्तै डडेल्धुरा, अछाम र बझाङमा पनि स्थानिय तहका वडा कार्यालयहरुमा सो समुहले तालाबन्दी गरेको छ ।