कन्चनपुर - प्रेस संगठन नेपाल कञ्चनपुरको जिल्ला भेला सम्पन्न भएको छ । भेलाले १७ सदस्यीय सचिवालय र ६१ सदस्यीय जिल्ला कमिटी चयन गरेको छ । सचिवालयमा प्रेस संगठन नेपाल कञ्चनपुरका संयोजक लक्ष्मण पन्त, सह संयोजक मोहन बिष्ट , होमनाथ योगी,वासुदेव भट्ट,सुवर्ण प्रसाद जोशी, धर्मा रोकाया, गुणाकर शर्मा, केशव भट्ट,मदन गिरि,सुरेश भट्ट,सरोज धामी, कमल बिक, दिनेश ओझा,उत्तम विक,अर्जुन सिंह, टेकराज जोशी, डिबि बोहरा चयन भएका छन् ।
नेपाल कम्युनिस्ट पार्टी नेकपाका कञ्चनपुरका अध्यक्ष वीर बहादुर थापा पातलको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो ।कार्यक्रममा जिल्ला अध्यक्ष थापा, सचिव सुरेन्द्र बिष्ट, केन्द्रीय सदस्य विष्णु अवस्थी, पल्लबराज भट्ट , प्रेस सङ्गठन नेपालको प्रदेश इन्चार्ज हेमन्त पौडेल, सह इन्चार्ज गोबिन्द रोस्यारा , प्रदेश संयोजक कृष्ण ओली, प्रदेश सह संयोजक करन ताम्राकार , ब्रोडकास्टिङ एसोसिएसन अफ नेपाल वानका प्रदेश संयोजक ज्ञानेन्द्र महता, प्रेस संगठन नेपाल कञ्चनपुरका अगुवा नेता कर्ण चन्द लगायतले शुभकामना मन्तब्य राखेका थिए ।