अत्तरिया - कैलालीको गोदावरी नगरपालिका वडा नं. २ मा रहेको जिवनज्योती महिला विकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडलाई कम्पोस्टेबल स्यानिटरी प्याड उत्पादन गर्ने मेसिन तथा कच्चा सामग्री हस्तान्तरण गरिएको छ ।
गोदावरी नगपालिकाको समन्वयमा जिआईजेड स्वास्थ्य क्षेत्रको लागी सहयोग कार्यक्रमवाट प्राप्त भएको २ वटा मेसिन तथा कच्चा सामग्री आज एक कार्यक्रमका बिच हस्तान्तरण गरिएको हो ।
गोदावरी नगरपालिकालका नगरप्रमुख हरि सिंह साउँदले उक्त मेसिन र कच्चा समाग्री संस्थकी अध्यक्ष सुमित्रा सोप लगाएत संचालक समितिका पदधिकारीहरुलाई हस्तान्तरण गरेका हुन् । कार्यक्रममा बोल्दै नगरप्रमुख साउँदले जिवनज्योती महिला विकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आफ्नो संस्थालाई बलियो बनाउने र रोजगारीसंग जोड्ने ठूलो अबसर पाएको बताए ।
उनले नगरपालिकाले बिभिन्न संघसंस्थाहरुसंगको समन्वयमा बिभिन्न कार्यक्रमहरु संचालन गरिरहेका बेला जिआईजेडले नगरपालिका भित्र कुनै एक सहकारी संस्थासंग काम गर्ने इच्चा देखेएपछि आफुहरुले जिवनज्योती सहकारीलाई छनौट गरि काम गर्ने जिम्मा दिएको बताए ।
महिलाले महिलाहरुका लागि नै संचालन गरेको जिवनज्योती सहकारीले यो काम गर्न सक्ने विश्वासका साथ कामको जिम्मा दिएको र अब स्थानिय स्तरमै कम्पोस्टेबल स्यानिटरी प्याड उत्पादन गरि यसलाई ब्यबसायीक रुपमा अगाडी बढाउन आग्रह गरे । उनले सहकारी भनेको खाली रिण दिने र लिने मात्र नभई स्थानिय स्तरमै नयाँ नयाँ खालका बस्तुहरु उत्पादन गरी ब्यवसायिक रुपमा अगाडी बढ्न सुझाव दिए ।
'सुरु सुरुमा कुनै वस्तुहरु उत्पादन गरिसकेपछि हाम्रो सामान बिक्रि हुदैन कि , हामी असफल हुन्छौ कि भन्ने सबैलाई लाग्न सक्छ तर यसका लागि बिजनेश पोलिसी चाहिन्छ , यसका लागि आफ्नो पूर्ण इच्चा शक्ति चाहिन्छ' उनले भने - 'बजारको चिन्ता नगर्नुहोस अरु भन्दा केही दुई पैसा सस्तोमै आफुले उत्पादन गरेका बस्तुहरु सेवाग्राहीहरुलाई दिनुहोस तपाईको ब्यवसायी फस्टाउनेछ ।
उनले स्यानिटरी प्याड उत्पादन देखी बजारीकरणमा कुनै समस्या आएपनि नगरपालिका सम्पूर्ण सहयोग गर्न तयार रहेको बताए । मेसिन र कच्चा समाग्रीहरु प्राप्त भएसंग सहकारीले प्याड उत्पादन गर्न सुरु गरेको छ । संस्थाकी अध्यक्ष सुमित्रा सोपले महिला तथा बालीकाहरुले जथाभावी प्रयोग गरिने टालोको कारण हुने रोगहरुबाट मुक्ति दिन कम्पोस्टेबल स्यानिटरी प्याडको उत्पादन सुरु गरेको बताईन् ।
उनले केही थान प्याड उत्पादन भैसकेपछि अत्तरिया बजारमा रहेको सहकारीको आफ्नै पसलमा राखी सेनेटरी प्याडहरु विक्रि वितरण गरिने बताईन ।
आफुहरुले उत्पादन गरिरहेको प्याड कुहिने खालको र बजारमा पाइने अन्य सनेटर प्याडहरु भन्दा गुणस्तरिय रहेको बताउदै उनले बजारमा लगेपछि अरुभन्दा सस्तो मुल्यमा उपलब्ध गराउने बताइन् ।उनले सहकारीका तालीम प्राप्त शेयरसदस्यहरुले नै प्याड निर्माण गरिरहेको बताईन ।
मंगलबार संस्थाकी अध्यक्ष सोपको सभापतित्वमा आयोजित मेसिन हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख साउँद रहेका थिए । कार्यक्रममा वडा नं. २ का वडाध्यक्ष कृष्णराज जोशी, वडा नं. १० की वडासदस्य ईश्वरी रावल, गोदावरी नगरपालिका महिला शाखा प्रमुख गोदावरी धामी लगायत सहकारीका सल्लाहकार एवम् अन्य प्रतिनिधिहरुको सहभागीता रहेको थियो । मेसिन हस्तान्तरण कार्यक्रमको सञ्चालन संस्थाकी व्यवस्थापक क्षेत्रा साउँदले गरेकी थिईन ।