अत्तरिया - कैलालीको गोदावरी नगरपालिकामा ३ मा रहेको मालाखेती अस्पतालको खोप केन्द्रवाट हाल सम्म २०० जनाले कोरोना बिरुद्धको खोप लगाएका छन् ।
पहिलो चरणको दोस्रो लक्षित समूहका लागि फागुन २ गतेदेखी मालाखेती अस्पतलामा सुरु भएको खोप अभियान अन्तरगत ३ दिनको अबधिमा २०० जनाले कोरोना भाईरस विरुद्धको ‘कोभिशिल्ड’ खोप लगाएका हुन् ।
जस मध्ये गोदावरी नगरपालिकाका १९७ जना र चुरेगाउँपालिकाका ३ जना रहेको गोदावरी नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ । गोदावरी नगरपालिकाका नगरप्रमुख हरी सिं साउँदलाई पहिलो खोप लगाएर सुरु गरिएको अभियानको पहिलो दिन ३० जनाले खोप लगाएका थिए भने हिजो दोस्रो दिन ६० जनाले खोप लगाएका थिए ।
यस्तै आज ११० जनाले खोप लगाएको गोदावरी नगरपालिका स्वास्थ्य शाखा प्रमुख बिर बहादुर कुबरले जानकारी दिए । हिजो सम्म चुरे गाउँपालिकावाट १ जनाले पनि खोप नलगाएकोमा आज भने ३ जनालले खोप लगाएको उनले बताए ।
पहिलो चरणमा प्राथमिकतामा परेका सरकारी कार्यालयका कर्मचारी, सार्वजनिक संस्थानका कर्मचारी, बैंक तथा वित्तीय संस्थाका कर्मचारी, जिल्लास्थित पत्रकार, स्थानीय तहका जनप्रतिनिधि र कर्मचारी, चौकीमा खटिएका सुरक्षाकर्मी र व्यक्तिलाई खोप लगाईरहेको उनले बताए ।
२ गतेदेखी सुरु भएको अभियान ५ गते सम्म जारी रहने बताउदै उनले गोदावरी नगरपालिका भित्रका ४ सय जनालाई खोप लगाउने लक्ष्य रहेको बताए । मालाखेती अस्पताललाई गोदावरी नगरपालिका र चुरे गाउँपालिकाको खोप केन्द्र तोकिएको छ ।