अत्तयिा - आज प्रणय दिवस अर्थात् भ्यालेन्टाइनस डे । विश्वभर आपसमा प्रेमभाव पूर्ण उपहार साटासाट गरी दिवस मनाइएको छ । हेरक वर्ष फेब्रअरी १४ का दिन प्रेमी प्रेमिकासँगै आफन्त र परिवारजनमा प्रेम, सद्भाव र भातृत्व साटासाट गरी प्रणय दिवस मनाउने गरिन्छ ।
तर यता गोदावरी चेम्बर अफ कर्मशले भ्यालेन्टाइनस डे लाई फरक तरिकाले मनाएको छ । चेम्बर अफ कर्मशले अत्तरिया चोकको दुर्दशालाई मध्यनजर गर्दै चोकको अबस्था सुधार गरिदिन माग सहित सडक डिभिजन कार्यालय महेन्द्रनगरका प्रमुख ईन्जिनियर लक्ष्मण दत्त जोशीलाई गुलाबको फूल दिएर भ्यालेन्टाइनस डे मनाएको हो ।
अत्तरिया चोकमा लामो समय देखी सडक फुटेर अस्तब्यस्त भएपछि धुलोधुवाले सर्वसाधारणलाई हिडडुल गर्न र व्यबसायीहरुलाई आफ्नो ब्यापार संचालन गर्न पनि निकै कठिनाइ भैरहेकाले यसको मर्मत सम्भार गरिदिन माग गर्दै ईन्जिनियर जोशीलाई सम्पूर्ण अत्तरियाका ब्यापारीहरुको तर्फवाट गोदावरी चेम्बरका अध्यक्ष विनोद मल्ल भिप्लवले खादा ओडाइ गुलाबको फुल दिएका हुन् ।
लामो समयदेखी अत्तरिया चोकको अबस्था नाजुक हुदाँ धुलाम्य सडकको कारण व्यबसायीको व्यापार र व्यबसायीको स्वास्थ्यमा पनी समस्या देखिन गएकाले यस तर्फ चाडो भन्दा चाडो ध्यान दिएर काम सडकको अबस्था सुधार गरिदिन अध्यक्ष मल्लले आग्रह गरेका छन् ।
साथै उनले अत्तरीया चोक भित्रको सडक र ढल निकास , महेन्द्रनगर रोडको गोदावरी पुल सम्मको सडक बाटोको लागी टालटुल नभई नया सडक बनाउ समेत अग्रह गरेको छन् ।
अत्तरिया देखि गोदावरी पुल महेन्द्रनगर रोड सम्मको ट्राफिक र मानिसहरूको भिडले दिनहु दुर्घटनाको सम्भावना बढ्दै गएको छ सर्वसाधारणको सहज रुपमा आवत जावतको हुन नसक्दा व्यापारीको व्यवसायमा ठूलो असर पुग्न गएको छ उनले भने छ लेन सडकको मापदन्ड अनुसार महेन्द्रनगर रोडको गोदावरी पुल सम्म सडक निर्माणको तत्काल काम सुरु गर्न सडक डिभिजन कार्यालयलाई म र मेरो संस्थाको तर्फवाट बिनम्रता पूर्वक आग्रह गर्दछु ।
ईन्जिनियर जोशीले भ्यालेन्टाइनस डे मा आफुलाई गुलाबको फूल दिएर समस्याप्रति ध्यानाकर्षण गराएको प्रति गोदावरी चेम्बर अफ कर्मशलाई धन्यवाद दिए ।
सडक डिभिजन कार्यालयका सुचना अधिकारी समेत रहेका जोशीले सडक डिभिजन कार्यालयबाट चोकको सडक , ढल निकास , अत्तरिया चोक देखि पुर्वतिरको ढलनिकास चोक देखि गोदावरी पुल सम्मको चारलेन सडकको फाईल वल्र्ड बैकमा पठाइ सकिएकोले अबको एक सता भित्र सुचना निकालेर अत्तरिया चोकको सडक निर्माण प्रकृयामा जाने बताएका छन् ।