बैतडी -दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया बलिका भागरथी भट्टको बलात्कारपछि हत्या भएको १२ दिन हुँदा पनि दोषी पत्ता लाग्न सकेको छैन । प्रहरीले अनुसन्धान जारी राखेको छ । तर अहिले सम्म प्रहरीले कुनै ठोस प्रमाण फेला पार्न सकेको छैन ।
‘प्रहरीले अनुसन्धान साँघुरिएको भनेको पनि एक साता भैसकेको छ, तर अहिले सम्म पनि हत्यारा पत्ता नलाग्दा निर्मला जस्तै छोरीले पनि न्याय पाउदैन भन्ने चिन्ता बढ्दै गएको छ’ भागरथीको काका शंकरदत्त भट्टले भने । प्रहरीले शव फेला परेको दोश्रो दिन नै धनगढीवाट तालिमप्राप्त कुकूर घटनास्थल पुगाएको थियो ।
माघ २१ गते भागरथी सनातन धर्म मावि वाट पौने २ बजे घर जान हिडिन् । करिव ५ मिनेटको दुरीमा रहेको खोचलेक बजारको एक पसलमा उनले चाउचाउ किनिन् । खोचलेक बजारमा चाउचाउ किनेको खुलेको अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले बताएका छन । खोचलेक बजार नजिकै भिरकट्यावाट उकालो वाटो हिड्दै डाडोमा पुगिन्छ । त्याहाँवाट कच्चीवाटो हुदै भागरथीको घर भएको चडेपानी गाउँ पुगिन्छ । घटनास्थल लवलेक सामुदायिक वाट भागरथीको घर पुग्न आधा घण्टा लागेपनि गाउँमा पुग्न ७,८ मिनेट मात्र लाग्ने स्थानिय बताउछन ।
बुधवार नै अढाई बजेतिर कच्चीवाटो वाट भागरथीलाई घिसार्दै करिव ५० मिटर तल जंगलमा लगेर बलत्कार गरि हत्या गरेको प्रहरीको बुझाई छ । तालिम प्राप्त कुकूर घटनास्थलवाट अपराधी भागेको वाटो पछ्याउदै सामुदायिक बनमै केहि सय मिटर पर सम्म पुगेको थियो । त्याहाँवाट कच्ची वाटोमा पुगेपछि भने कुकूरले वाटो पछ्याउन सकेन् । भागरथी बिद्यालयवाट आएको वाटो तर्फ नै तालिमप्राप्त कुकूरले पछ्याएको हो । बलत्कार र हत्या गरेर अपराधी जंगलको वाटो हुदै कच्ची सडक पुगेर कुनै सवारीसाधनमा भागेको हुन सक्ने देखिएको छ । भागरथीको वारेमा जानकार व्यक्तीले पिछा गर्दै एकान्त जंगलमा एक्लो मौका पाएर बलत्कार र हत्या गरेको देखिन्छ । प्रहरीले भागरथीको मोवाईलको कल डिटेलमा, समाजिक सन्जालमा जोडिएका, त्यो वाटोमा अवातजावत गर्ने लगायत धेरैजना सँग सोधपुछ गरिसकेको छ ।
निर्मलाका जस्तो प्रमाण संकलन नभएको अवस्था नभएकाले घटनास्थलमा फेला परेका तथ्य र प्रमाणको जाँच पछि हत्यारा पत्ता लगाउन सकिने बिश्वासमा प्रहरी रहेको छ । सुदूरपश्चिम प्रहरी प्रमुख सुवेदीले अनुसन्धान धेरै साँघुरिएको केहि दिनमै हत्यारा पत्ता लाग्ने बताएका छन । भारगथीको न्यायका लागी दिनहुँ सुदूरपश्चिमका धनगढी, बैतडी लगायत बिभिन्न ठाउँमा प्रदर्शन भैरहेका छन । साभार नागरिक