अत्तरिया - कैलालीको अत्तरियामा आजदेखी डान्स च्याम्पियनसिप (नृत्य प्रतियोगीता) सुरु भएको छ । गोदावरी नगरपालिका वडा नं २ पहाड रोड स्थित डिडि कम्प्लेक्समा रहेको वान वे डान्स क्याम्पको आयोजनामा आजदेखी सुरु भएको प्रतियोगीता १५ गतेसम्म संचालन हुने छ ।
वान वे डान्स क्याम्पका संचालक नरेश बिसीको सभापतित्वमा भएको उद्धघाटन कार्यक्रममा गोदावरी चेम्बर अफ कर्मशका अध्यक्ष तथा भिप्लभ ईन्टरटेनमेन्ट प्रा.ली का सञ्चालक विनोद मल्ल बिप्लभ प्रमुख अतिथी रहनुभएको थियो ।
यस्तै बिशिष्ट अतिथीमा जनकल्याण सेकेण्डरी स्कुलका संस्थापक प्रिसिन्सपल योगेन्द्र हमाल र अत्तरिया बजार ब्यबस्थापन समिती अध्यक्ष बाजी कामी रहनुभएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी मल्लले सबै कुरा सिकाई मात्र नभएर सिकाएका कुराहरुलाई आफ्नो ब्यवहारिक जिवनमा लागु गरी ब्यवसायी बन्न सक्नुपर्ने बताए ।
उनले आफ्नो शारिरलाई स्वास्थ्य र तनाबमुक्त गराउने नृत्यले महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले गित संगित र नृत्यवाट पनि धेरैले नेपाललाई विश्व सामु चिनाउन सफल भएकाले आफ्नो मेहेनत र इमान्दारितालाई सधै आत्मसाथ गरेर अघि बढ्न नृत्यमा लागिरहेका कलाकारहरुलाई सुझाव दिए । यो क्षेत्रमा लाग्नेहरुले छोटो समयमै आफुलाई स्थापित गरी राम्रो नाम र दाम कमाउन सकेपनि निरन्तरता दिन नसके बिचमै हराएर जाने समेत बताए ।
यस्तै कार्यक्रममा बोल्दै बिशिष्ट अतिथी जनकल्याण सेकेण्डरी स्कुलका संस्थापक प्रिसिन्सपल योगेन्द्र हमालले डान्स क्लबहरु पनि बिध्याको मन्दिर भएको बताए । उनले बिधालयमा किताबका कुराहरु सिक्ने भएपनि यो क्षेत्रवाट किशोर किशोरीहरुले धेरै कुराको ज्ञान लिन सक्ने बताए ।
यसका लागि अनुशासन सबैभन्दा महत्वपूर्ण हुने भएकाले अनुशासनमा रहेर आफ्नो लक्ष्य अनुसार अगाडी बढ्नुपर्ने बताए । क्याम्पमा डान्स सिक्दै गरेका विद्यार्थीहरुको क्षमता अभिवृद्धि संगै उनीहरुको आन्तिरक मुल्याङकनका लागि प्रतियोगीता आयोजना गर्न लागीएको क्याम्पका सञ्चालक नरेश बिसिले बताए ।
क्याम्प खुलेको २ महिनाको अवधीमा विद्यार्थीहरुले के कती सिके, विद्यार्थीको क्षमता कत्तिको छ भन्ने विषयवस्तुलाई आधार बनाएर प्रतियोगीता सञ्चालन गर्न लागेका बताउदै सञ्चालक बिसिले उक्त प्रतियोगीतामा क्याम्पमा डान्स सिकिरहेका विद्यार्थीहरुले मात्रै सहभागीता रहने जानकारी दिए ।
उनले प्रतियोगीतालाई ३ राउन्डमा विभाजन गरी सञ्चालन गरिने बताए । जस अनुसार आज पहिलो अडिसन राउन्डवाट सम्पूर्ण सहभागी ५० जनावाट ३५ जना चयन भएको उनले बताए । अब अर्को राउण्ड कोरियाग्राफी हुने र त्यसपछि अन्तिममा फाइनल राउण्ड हुने उनको भनाई छ ।
आजको अडिसन राउण्डमा चर्चित नृत्य निर्देशक रमेश बिजुली बिसी , सुनिल पन्त , एञ्जल चौधरी , बिनोद बिसी र लोकेश बोहरो निर्णायक रहेका थिए । प्रतियोगीतामा प्रथम हुनेले नगद रु. १० हजार, द्धितियले नगद रु. ५ हजार र तृतियले नगद रु. ३ हजार पुरस्कार प्राप्त गर्नेछन् । कार्यक्रमको संचालन पत्रकार हेमराज भट्टले गरेका थिए ।