अत्तरिया - साझा विवेकशिल पार्टी अभियान विभाग सुदूरपश्चिम प्रदेशले १५ औँ राष्ट्रिय धान दिवसको अवसरमा आयोजना गरेको गोरु दौडाउने प्रतियोगिता सम्पन्न भएको छ । गोरु दौडाउने प्रतियोगिता कैलालीको गोदावरी नगरपालिकाको वडा नम्बर ४ खैरानामा सम्पन्न भएको हो ।
प्रतियोगितामा सोही क्षेत्रका स्थानीयका ५ हल गोरुलाई सहभागिता रहेको थियो । ति मध्ये गोरु दौडाउने प्रतियोगितामा किसान बेजुराम चौधरीले पालेका लालपुरे र नझोते नाम गरेका गोरु प्रथम भएका छन् । प्रथम भएसंगै बेजुरामले एक कट्टा डिएपी मल र प्रमाणपत्र पाएका छन । यस्तै , अर्का किसान खुसीरामले पालेका गोरे र बनकट्टे नामका गोरु द्धितिय भएका छन् । उनले पनि एक कट्टा युरिया मल र प्रमाणपत्र पाएका छन ्।
त्यसैगरि , किसान शेरबहादुर खड्काले पालेका मोटु र पात्लु नामका गोरु तृतिय हुदै २० किलो युरिया र प्रमाणपत्र पाएका छन ्। अन्य सहभागिहरुले पनि ४÷४ किलो युरिया मल पाएका छन ्। प्रतियोगितामा बाजा बजायर सहयोग गर्ने तारा नेपालीलाई पनि मल सहित प्रमाण पत्र दिईएको छ । कैलालीका किसानले मल नपाईरहेका वेला किसानलाई मल उपलब्ध गराउन र सरकारी पक्षलाई मलको सहज आपुर्तिका लागि दवाव दिनका लागि उक्त प्रतियोगिताको आयोजना गरिएको साझा विवेकशिल पार्टी अभियान विभागका सुदूरपश्चिम प्रमुख विनोद मल्ल विप्लवले जानकारी दिए ।
उनले कार्यक्रममा सहभागी सबै किसान तथा सो क्षेत्रका स्थानीयलाई पनि पार्टीले दहि चिउरा समेत खुवाएको बताउनु भयो । कार्यक्रममा साझा विवेकशिल पार्टीका सुदूरपश्चिम संयोजक गोपाल हमाल, पार्टीका नेताहरु मोहनराज शर्मा, सिद्धराज पनेरु लगायतको समेत सहभागिता रहेको थियो । यस्तै , कैलालीको अत्तरियामा रहेको सत्यवति एकेडेमि माध्यमिक बिद्यालयले पनि राष्ट्रिय धान दिवस’ भब्यताका साथ मनाएको छ ।
बिद्यालयका शिक्षक ,शिक्षिका तथा बिद्यार्थिहरुले स्थानियहरुको खेतमा गई रोपेर दिवस मनाएका छन । दिवसकै अवसरमा बिद्यालयले गर्मि बढे संगै बिद्यार्थिहरुलाई शितलता प्रदान गरोस भन्ने उद्देश्यले दहि चिउरा खुवाएको छ ।