अत्तरिया - आज असार १५ अर्थात राष्ट्रिय धान दिवस देशैभर बिभिन्न कार्यक्रमहरु गरि मनाइयो । कतै गोरु दौड प्रतियोगिताहरु भए भने कतै दहि चिउरा खाने कार्यक्रमहरु । तर नेपाली कांग्रेसले भने आज दिबसको अबसर पारेर कैलालीका सबै स्थानिय तहहरुमा एक घण्टा धर्ना दिएको छ ।
कांग्रेसले किसानलाई सहजरुपले मलखाद उपलब्ध गराउन माग राख्दै कैलालीका गोदावरी नगरपालिका , धनगढी उपमहा नगरपालिका , टिकापुर नगरपालिका सहित १३ वटै स्थानियतहमा एकै साथ एक घण्टा कार्यालयले घेराउ गदै धर्ना दिएको हो ।
खेतीपातीको समयमा कैलालीका किसानले समयमै मल, बिउ, खाद नपाउँदा ठुलो सास्ती खेप्नु परेको भन्दै प्रदेश सरकारको ध्यानाकर्षण गराउने कांग्रेस जिल्ला कार्य समितिकै निर्णय अनुसार गोदावरीनगरपालिकामा पनि १ घण्टा धर्ना दिएको नेपाली कांग्रेस गोदावरी नगर कमिटीका नगर सभापति हेमप्रकाश उप्रेतीले जानकारी दिनुभयो ।
अत्तरिया स्थित दुर्गा मन्दिरवाट गोदावरी नगरपालिकाको कार्यलय पुगेका स्थानिय नेपाली कांग्रेसका नेता कार्यकर्ताहरुले चर्को नाराबाजी सहित स्थानिय सरकारको ध्यानाकर्षण गराउन ज्ञापन पत्र समेत बुझाएका छन् । नगर सभापति हेम प्रकास उप्रेतीले नेपाल नामको कृषि प्रदान देश भएपनि कृषकहरुलाई आवश्यक पर्ने समयमै मल , बिउ खाद र इन्धन उपलब्ध नहुदा तत्काल किसानहरुका समस्या समाधान गर्न भन्दै नगरपालिकालाई ज्ञापन पत्र बुभाएको बताए ।
उक्त ज्ञापन पत्र नगर उपप्रमुख रत्ना कडायतलाई बुझाइएको थियो । धर्ना कार्यक्रम पछि भएको कोण सभालाई नेपाली कांग्रेस क्षेत्र ४ का प्रदेश सभा उमेद्वार हिरादत्त भट्ट , बिधार्थी नेता पदमराज ओझा , नगर सचिब तेज बहादुर खड्का लगाएतले सम्बोधन गरेका थिए ।