अत्तरिया - कैलालीको गोदावरी नगरपालिकाले कर्मचारी छनौटमा आफुहरुलाई अपहेलना गरेको दलित समुदायले आरोप लगाएका छन् । नगरपालिकाले भरखरै सार्वजनिक गरेको प्रबिष्टिकर्ता र तथ्याङ्क संकलनको नतिजामा मनोमानी गर्दै समानुपातिक समावेशिताको मापदण्डको पालना नगरेको उनीहरुले आरोप लगाएका हुन् ।
दलित समुदायका अगुवाहरुले नगरपालिकालाई आज एक निवेदन बुझाउदै भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबास गरेकाहरुको लागत संकलनका लागि कर्मचारी छनोटमा विधि सम्बध नभएको र यसलाई सच्याउन माग राखेका छन् ।
स्थानिय रुपेश बि.क , बाजी कामी , श्याम नेपाली, शैलेन्द्र भूल लगायतका दलीत अगुवाहरुको हस्ताक्षर रहेको निवेदनमा यस किसिमको व्यवहारले सुकुम्बासी, भूमिहिन, दलीतको तथ्याङ्क संकलनमा समेत प्रभाव पर्न सक्ने र सत्य तथ्याङ्क संकलनमा समेत प्रभाव पर्न सक्ने उल्लेख गरिएको छ । उनीहरु निवेदनमा कर्मचारी छनोट प्रक्रिया अमर्यादित र अस्वस्थ्य भएको भन्दै छनोट परिक्षाको सम्पुर्ण प्रक्रियाको जानकारी गराउन समेत माग राखेका छन् ।
प्रबिष्टिकर्ता ४ जना र तथ्याङ्क संकलन ८ जना छनोट गर्दा १ जना पनि समानुपातिक समावेशिताको मापदण्ड भित्र रहेर दलीत, जनजाती, आदावासी वर्गबाट छनोट नगरीएको भन्दै दलीत अगुवा रुपेश बि.कले आपत्ती जनाएका छन । उनले नतिजा प्रकाशन निजामती सेवा ऐनमा समावेश गरी समानुपातिक समावेशिका आधारमा नगरेको र उक्त नतिजा प्रकाशित प्रक्रियाले सिमान्तकृत वर्गको नै अपहेलना गरेको बताए ।
उनले नगरपालिकाले मनोमानो ढङ्गवाट आ आफ्ना आसेपासेलाई छनौट गरेको आरोप लगाएका छन् । यस्तै अर्का दलीत अगुवा बाजी कामीले कर्मचारी छनोटमा समानुपातिक समावेशिताको आधारमा नगरिएकाले आफूहरु विरोधमा उत्रिएको बताए । उनले नगरपालिकाले छनोट गरिएका कर्मचारीमा एक जना पनि दलित, जनजाती, आदिवासी नपरेपछि यसमा आफुहरुको असन्तुष्टि रहेको बताए ।
नगरपालिकाले यसको नियुक्ती प्रक्रिया तत्काल रोक्न आवश्यक रहेको बताए । उनले आफ्ना हक अधिकारको लागि लडाई लडेको र वास्ता नगरे १२ वटै वडाका दलित मिलेर नगरपालिका कार्यालयमा घेराबन्दी सहित तालाबन्दी गर्ने चेतावनी समेत दिएका छन् । ‘हामीले दलीत मात्रै राख्नुस भनेका होईनै । हाम्रो माग भनेको समानुपातिक समावेशिताका आधारमा राखिनु पर्छ भन्ने हो’ उनले भने ।
नगरपालिकाले भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबास गरेकाहरुको लागत संकलनका लागि १२ जना कर्मचारी छनोट गरेको छ । जसमा प्रबिष्टिकर्ताका लागि २२ जना र तथ्याङ्क संकलनका लागि ४४ जनाले दरखास्त दिएका थिए ।
यता गोदावरी नगरपालिकाका निमिक्त प्रमुख प्रशासकिय अधिकृत बसन्त कुमार खत्रीले विवाद आएपछि नयाँ छनोट गरिएका कर्मचारीको नियुक्त प्रक्रिया रोकिएको बताए ।
उनले दलीत अगुवाहरुले कर्मचारी छनोटका विषयमा नियुक्ती रोक्न भन्दै निवेदन दिएकाले काम रोखिएको बताए । निमिक्त प्रमुख प्रशासकिय अधिकृत खत्रीले समानुपातिक समावेशिताको आधारमा कर्मचारी छनोट गर्नका लागि माथिबाट कुनै निर्देशन नआएको बताए ।
![](https://www.godawarinews.com/uploads/shares/sep 2020/146327337_331006591579513_4886483437689700123_n.jpg)
![](https://www.godawarinews.com/uploads/shares/sep 2020/146972079_120395219974451_8364672663502170100_n (1).jpg)