अत्तरिया - बैतडीमा बलत्कार पछि हत्या गरिएकी दोगडाकेदार गाउँपालिका ७ की १७ वर्षीया किशोरी भागरथी भट्टको न्यायको माग गर्दै सुदूरपश्चिम प्रदेशको राजधानी अत्तरियामा बिधार्थीहरुले आखाँमा कालोपट्टी बाधेर एक घण्टा धर्ना दिएका छन् । जिपि कोईराला लोकतन्त्र सम्बद्र्धन केन्द्र कैलालीको आयोजनामा ईलाका प्रहरी कार्यालय मलाखेती अगाडी बिधार्थीहरुले सरकार खोज्दै आखाँमा कालोपट्टी बाधेर एक घण्टा धर्ना दिएका हुन् ।
भट्टको हत्या भएको ५ दिन बितिसक्दा समेत अहिले सम्म उनको परिवारले न्याय नपाएको भन्दै चाडो भन्दा चाडो हत्यामा संलग्नको पहिचान गरी कडा भन्दा कडा कारबाहीको माग गर्दै आखाँमा कालोपट्टी बाधेर शान्तिपूर्ण बिरोध प्रर्दशन गरिएको जिपि कोईराला लोकतन्त्र सम्बद्र्धन केन्द्रका कैलाली जिल्ला अध्यक्ष जगतराम महराले जानकारी दिए ।
उनले कञ्चनपुरकी १३ बर्षिय बालिका निर्मला पन्तको घटनामा सरकार चुकेकाले फेरि भागरथी भट्टको घटनामा पनि सरकारले यसमा लापरबाही गरेर अपराधिलाई उनमुक्ति दिने सक्ने भन्दै खबरदारी गर्दै पहिलो चरणमा शान्तिपूर्ण प्रर्दशन गरिएको बताए । उनले कुनै पनि हालतमा भागरथी भट्ट र उनको परिवारले न्याय पाउनुपर्ने बताएका छन् ।
महिला राष्ट्रपति भएको देशमा महिला माथि दिनप्रदिन भैरहेको हत्या ,हिंसा , बलत्तकार जस्ता जघन्य अपराधले घरमा भएकी छोरी चेलीलाई कसरी सुरक्षा दिने भन्दै सरकारप्रति आक्रोश पोखेका थिए ।
उनले यस्ता जघन्य घटनाहरुलाई नियन्त्रण गर्नुको साटो सरकारको उच्च ओहोदामा बसेकाले नै उल्टो प्रोत्साहन गर्न थालेको आरोप लगाए । उनले गाउँ गाउँमा भैरहेको यस्ता घटनालाई न्युनिकरण गर्नमा स्थानिय प्रशासन पनि मौन रहेको बताए । केही दिन पहिले अत्तरियामा एक जना महिला माथि प्रहरीको जस्तै बर्दी लगाएर महिला माथि हातपात गर्दै जवरजस्ती गर्न खोज्नेलाई अहिले सम्म प्रहरीले कानुनी कटघरामा उभाउन नसकेको बताए ।
'हाम्रै यही गोदावरी नगरपालिका आसपास पनि महिला दिदि बहिनीहरु दिनप्रतिदिन असुरक्षित भैरहेको छन् उनले भने - मृत्युको मुखवाट बचेर आएकी महिलले घटनाबारे प्रत्यक्ष जानकारी गराउदाँ त त्यस्ता अपराधीलाई समत्न सक्दैन अनि आफ्नो प्राण त्याग गरेर गएकी महिलाको परिवारलाई यो सरकारले कसरी न्याय दिन्छ होला , हामीले कसरी बिश्वास गर्ने ।'
सो धर्ना कार्यक्रममा बोल्दै सम्बोधन नेविसंघका युवा नेता तथा युथ डेमोक्रेटिभ फोरम कैलालीका जिल्ला अध्यक्ष राज भट्टले फर्किन नपाउदै कोपिलामै चुडिएकी भागरथी भट्टलाई न्याय दिलाउन सरकारले गरेको ढिलाईले फेरि निर्मला पन्त जस्तै बनाउन खोजिएको आरोप लगाए ।
उनले निर्मला पन्तको अनुसन्धान जस्तै यो घटनामा गैरजिम्मेवार नबन प्रहरी प्रशासनलाई आग्रह गरे । उनले सो घटनामा संलग्नलाई जती सक्दो चाडो कानुनको कटघरमा ल्याउन मार गरे । आज महिला दिदिबहिनीहरुलाई दिउँसो पनि एक्लै हिड्ने वातावरण नहुनुमा सरकारको लाचारपन रहेको उनको भनाई छ ।
यस्तै तरुण दल गोदावरी नगरकमिटिका सभापति शंकर खड्काले कुनै पनि बाहानामा भागरथी भट्टका हत्याराले उनमुक्ति पाउन नहुने बताए । उनले देशमा बढीरहेको हत्या , हिंसा बलत्कारका घटनाले घरमा भएका छोरी चेलीलाई जोगाउनै मुस्किल भैरहेको बताए ।
यस्तै नेविसंघका बिधार्थी नेता तिर्थराज उपाध्यायले न्याय मरेको देशमा महिला दिदि बहिनीहरुले कहिले सम्म यस्ता पिडाहरु सहने भन्दै सरकारलाई प्रश्न गरेका थिए ।
उनले राष्ट्रपति महिला भएको देशका नेपाली महिलाहरुले गर्वका साथ हिड्नुपर्ने बेला उल्टै शिर निहुराएर हिड्ने अबस्था रहेको बताएका छन् । कार्यक्रममा दुर्गालक्ष्मी नमुना माविका एक सय भन्दा बढी बिधार्थीहरु सहभागी रहेका थिए ।