अत्तरिया - सुदूरपश्चिम प्रदेशको राजधानी कैलालीको अत्तयिामा रहेको अत्तरिया जुनियर जेसिजको चौथो पद स्थापना तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । गोदावरी २ स्थित नेपाल रेडक्रम सोसाइटी अत्तरिया उपशाखाको सभाहलमा एक भब्य समारोह कार्यक्रम सम्पन्न भएको हो ।
अत्तरिया जुनियर जेसिज वर्ष २०२० का अध्यक्ष तिर्थ उपाध्यायको सभापतित्वमा सम्पन्न भएको कायक्रममा सुदूरपश्चिम प्रदेशका सामाजिक विकाशमन्त्री कृष्णराज सुवेदी प्रमुख अतिथि रहनुभएको थियो । यस्तै कार्यक्रमको विशिष्ठ अतिथिमा नेपाल चिकित्सक संघका पुर्व केन्द्रिय अध्यक्ष डा. लक्ष्मी राज पाठक रहनुभएको थियो ।
कार्यक्रममा अत्तरिया जुनियर जेसिज वर्ष २०२० का अध्यक्ष उपाध्यायले २०२१ का लागि नव निर्वाचित अध्यक्ष धर्मराज भट्टलाई पद हस्तान्तरण गरेका थिए ।
अध्यक्ष भट्टले आफ्नो टिमका २०२१ का लागि नव निर्वाचित सम्पूर्ण पदधिकारीहरुलाई सपथ खुवाएका थिए । बिभिन्न सास्कृतिक प्रस्तुति सहित सम्पन्न कार्यक्रममा अत्तरिया जुनियर जेसिजलाई सहयोग पु¥याउने विभिन्न व्यक्ति तथा संघसंस्थाहरुलाई कार्यक्रममा सम्मान पत्रले सम्मानित समेत गरिएको थियो ।
कार्यक्रममा गोदावरी नगरपालिका वडा नं. २ का वडासदस्य एबम् अत्तरिया जेसिजका पूर्व अध्यक्ष कमल कडायत, पद्मा अस्पताल प्रा.ली प्रबन्ध निर्देशक डा. नर बहादुर मौनी, , अत्तरिया जेसिजका पुर्व अध्यक्षहरु लोकराज पाण्डे आगो , भरत खड्का , तेज खड्का , गणेश शाह लगाएत जेसिजका पदाधिकारीहरुको सहभागीता रहेको थियो ।
कार्यक्रमको सञ्चालन अत्तरिया जुनियर जेसिज वर्ष २०२० का महासचिव गणेश भट्टले गरेका थिए ।