अत्तरिया - कैलालीको अत्तरियामा फागुन १ गतेदेखी डान्स च्याम्पियनसिप (नृत्य प्रतियोगीता) हुने भएको छ । गोदावरी नगरपालिका वडा नं २ पहाड रोड स्थित डिडि कम्प्लेक्समा रहेको वान वे डान्स क्याम्पको आयोजनामा आउदो फागुन १ गते देखी १५ गतेसम्म प्रतियोगीता सञ्चालन हुने भएको हो ।
आयोजक वान वे डान्स क्याम्पले आज अत्तरियामा पत्रकार सम्मेलनको आयोजना गरि यस बारे जानकारी गराएको हो । आफ्नो क्याम्पमा रहेका विद्यार्थीहरुको क्षमता अभिवृद्धि संगै उनीहरुको आन्तिरक मुल्याङकनका लागि प्रतियोगीता आयोजना गर्न लागीएको क्याम्पका सञ्चालक नरेश बिसिले बताए ।
क्याम्प खुलेको २ महिनाको अवधीमा विद्यार्थीहरुले के कती सिके, विद्यार्थीको क्षमता कत्तिको छ भन्ने विषयवस्तुलाई आधार बनाएर प्रतियोगीता सञ्चालन गर्न लागेका बताउदै सञ्चालक बिसिले उक्त प्रतियोगीतामा क्याम्पमा डान्स सिकिरहेका विद्यार्थीहरुले मात्रै सहभागीता रहने जानकारी दिए ।
उनले प्रतियोगीतालाई ३ राउन्डमा विभाजन गरी सञ्चालन गरिने बताए । जसमा पहिलो अडिसन राउन्ड दोस्रो कोरियोग्राफी राउण्ड र अन्तिममा फाईनल राउण्ड हुनेछन् । प्रतियोगीतामा प्रथम हुनेले नगद रु. १० हजार, द्धितियले नगद रु. ५ हजार र तृतियले नगद रु. ३ हजार पुरस्कार प्राप्त गर्नेछन् ।
अत्तरियामा क्याम्प खुलेको २ महिनाको अवधीमा नै विद्यार्थीहरुको क्षमता अभिवृद्धिका लागी आयोजना गर्न लागीएको प्रतियोगीताले विद्यार्थीहरुको प्रतिभा उजागर गर्न मद्दत पुञ्याउने गोदावरी चेम्बर अफ कर्मशका अध्यक्ष तथा भिप्लभ ईन्टरटेनमेन्ट प्रा.ली का सञ्चालक विनोद मल्लले बताए ।
उनले अत्तरिया क्षेत्रमा खुलेका डान्स सेन्टरहरु भन्दा वान वे डान्स क्याम्पले केही फरकपना ल्याउन खोजेको बताउदै उनले यहाँको संस्कृति बचाउन यस्ता किसिमका प्रतियोगीता सञ्चालनमा सबैले मद्दत गर्नुपर्ने उनले बताए ।
उनले पछिल्लो समय सुदूरपश्चिमको पुराना कला संस्कृति लोप हुने अबस्थामा यस्ता खाले प्रतियोगितावाट ति कला , संस्कृतिहरुको पनि उजागर हुने बताए । प्रतियोगिता अबधिभर सहभागी भएर यसमा भएका कमी कमजोरीहरुलाई औल्याएर सहयोग गर्न पनि उनले अनुरोध गरेका छन् ।