अत्तरिया - राष्ट्रिय युवा संघ नेपाल सुदूरपश्चिम प्रदेश समितिमा रहेका साविकको वाईसिएल नेपाल सुप प्रदेश समन्वय समितिको बैठक अत्तरियामा सम्पन्न भएको छ ।
नेकपाका नेता ओम बिक्रम भाट ‘सरल’ को प्रमुख आथित्यतामा सोमबार सम्पन्न भएको बैठकले योगश साउँदको संयोजकत्वमा ९९ सदस्यीय सुदूरपश्चिम समन्वय समति चयन गरेकोे छ ।
यसैगरि सो बैठकले प्रदेशका नौ वटै जिल्लाका जिल्ला समन्वय पनि तोकेको छ । जसमा कैलालीमा सुवास कुवँर, कन्चनपुरमा विवेक बोगटी, डडेल्धुरामा महेश विष्ट, डोटीमा विश्व प्रकाश राना, बैतडीमा कर्ण बहादुर धामी, दार्चुलामा कल्याण खत्री, बझाङमा दिपक कार्की, बाजुरामा रुपेश खड्का र अछाममा डम्मर रोकायालाई संयोजकको जिम्मेवारी दिएको छ ।
सबैको समन्वयका लागि रमेश सिंह महारा विकास , जमन भण्डारी , लोकेश धानुक , किरन साउँद ,बिरेन्द्र राज बिष्ट , गणेश बि.सी , एन्जील चौधरी , ज्ञानेन्द्र मल्ल , रमेश बि.क , रविना शाह र रतन बि.कलाई प्रदेश कार्यालयमा रहनेछन् ।
