अत्तरिया - कैलालीको गोदावरी नगरपालिका–२ मा रहेको दुर्गालक्ष्मी बहुमुखि क्याम्पसको नवनिर्मित २ तले भवनको उद्घाटन गरिएको छ । सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले आज एक औपचारिक कार्यक्रममा बिच भवनको उद्घाटन गरेका हुन ।
उक्त भवन सामाजिक विकास मन्त्रालयको ५० लाखको लागतमा निर्माण गरिएको दुर्गालक्ष्मी बहुमुखि क्याम्पसका क्याम्पस प्रमुख डम्मर पालले बताए ।
२ तले भवनमा ४ ओटा कोठाहरु रहेका छन । भवन उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री सुवेदीले क्याम्पसको विकासका लागि आफू प्रतिवद्ध रहेको बताए । उनले क्याम्पसका सम्पुर्ण समस्या समूहिक रुपमा बसेर छलफल गरी निराकण गर्न आफू तयार रहेको बताए । उनले क्याम्पसमा आउने बाटोको समस्या सामाधानका लागि पनि आफूले पहल गर्ने बताए ।
उनले अत्तरिया बजारवाट क्याम्पस सम्म पुग्ने वाटोको अबस्था केही असहज भएकाले अब चाडै बाटो बनाउने प्रतिवद्धता जनाए ।
दुर्गालक्ष्मी बहुमुखि क्याम्पसका क्याम्पस प्रमुख पालको समापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि मन्त्री सुवेदी रहेका थिए भने बिशिष्ट अतिथीमा सुदुरपश्चिमाञ्चल विश्वविद्यालयका व्यवस्थापन संकायका डिन प्रा. पद्यमकान्त जोशी, कृषि बिज्ञान संकायका डिन डा. लाल प्रसाद हुमागाई रहेका थिए ।
त्यस्तै अतिथीमा सुदुरपश्चिमाञ्चल विश्वविद्यालय लेखा नियन्त्रक अशोक सिंह भण्डारी, क्याम्पसका प्राध्यापक, सह प्राध्यापक, बिभिन्न राजनितिक दलका प्रतिनिधी, बिद्यार्थी लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन क्याम्पसका उप प्रध्यापक लोक बहादुर महराले गरेका थिए ।