धनगढी - खप्तड मालिका कृषि उद्योग सहकारी संस्था लिमिटेडको तदर्थ समिति गठन तथा प्रारम्भिक भेला धनगढीमा सम्पन भएको छ ।
शनिवार एक कार्यक्रमका बिच खप्तड मालिका कृषि उद्योग सहकारी संस्था लिमिटेडको उद्घाटन सहित तदर्थ समिति गठन गरिएको हो । सहकारीमा ११ जनाको समिति गठन गरिएको छ ।
समितिका अध्यक्ष प्रकाश चन्द्र जोशी,उपाध्यक्षमा कविता सिवाकोटी,सचिवमा उत्तम थापा,कोषाध्यक्षमा सुरेश बोहरा रहेका छन् ।यस्तै सदस्यहरूमा पुस्कर पौडेल,दिप्रेन्द्र ओली,सुदिप थापा,राजेन्द्र साउद,रोशना गुरागाई,योगेन्द्र बम र जगत साउद चयन भएका छन् ।
खप्तड मालिका कृषि उद्योग सहकारी संस्था लिमिटेडका अध्यक्ष प्रकाश चन्द्र जोशीले कृषिमा प्रवर्द्धन बजारीकरण र कृषिमा रोजगारीको सिर्जना गर्न उद्देश्यले यो सहकारी सञ्चालन गरिएको बताए ।
धेरै बैक, सहकारीहरू सञ्चालन भए पनि ग्रामीण भेगहरूमा पुग्न नसकेकाले अव यो सहकारी लाई न्यून आय भएका व्यक्ति सामु पुगाएर उनीहरू लाई रोजगारीको सिर्जना गर्न र बेरोजगारीको अन्त्य गर्न उनले बताए ।
न्यून आय भएका व्यक्तिहरू लाई कृषि उद्योग सञ्चालन गर्नाका लागि शुल्बदरमा रिर्ण दिने र विभिन्न किसिमका तालिमहरू दिने उनले जानकारी दिए ।