अत्तरिया - कैलालीको गोदावरी नगरपालीका वडा नम्बर ९सहेरीका करिब एक सय पचास जना जेष्ठ नागरिक,अपांग,एकल महिलाहरु लाई न्यानो लुगा बितरण गरियको छ । मानविय सेवामा अनेकोै प्रयास (साईन नेपाल) धनगढीको सहयोगमा उक्त सामाग्री बितरण गरियको हो ।
जाडोको समयमा चिसोबाट बच्नका लागी वडामा रहेका बिपन्न बर्गका नागरिकहरु लाई कम्मल डस्ना,बितरण गरियको बताउर्दै नगर प्रमुख हरि सिह साँउदले यो राहतले उनिहरु लाई केहि सहयोग पुग्ने बताउनु भयो । आफुले वडा न ९ लाई पहिलो प्राथामिक्तामा राखेको र अब अन्य वडाहरुमा पनि कम्मल डस्ना,बितरण गर्ने उनले बताए ।
बितरण कार्यक्रममा बोल्दै वडा नम्बर ९ का अध्यक्ष लाहानु चौधरीले वडामा न्यानो लुगा बितरण गरेकोमा मानविय सेवामा अनेकोै प्रयास (साईन नेपाल) लाई धन्यबाद दिदै आगामी दिनमा पनि यहाँहरुको सहयोगको अपेक्षा रहेको बताए ।
तेस्तै कार्यक्रममा बोल्दै गोदावरी नगरपालीका का प्रबक्ता एबम वडा नम्बर १ का अध्यक्ष शर्मानन्द भट्टले यस सस्थाले गरेको कार्य प्रति आफु निकै खुसी रहेको बताए ।
उनले आगामी दिनमा पनि सस्था संग साझेदारी गर्दै नयाँ कार्यक्रम लाई समेत अगाडी बढाउने बताए । सस्थाका अध्यक्ष भक्त राज जोशीले सस्थाले हाल कैलालीका तिन ओटा स्थानीय तहमा आफनो कार्यक्रम लागु गरेको बताउदै गोदावरी लाई पनि कार्यथलोको रुपमा लिएको बताए ।
उनले पहिलो चरणमा करिब १ सय ५० जना लाई न्यानो लुगा बितरण गरियको बताउदै आगामी दिनमा आपतकलीन अवस्थामा समेत आफुहरु सहयोको लागी तयार रहको बताए ।
संस्थाले बिभिन्न समयमा समस्यामा परेका नागरिकहरु लाई सहयोग गर्दे आएको उनले बताए । उनले कोरोना कहरका बिचमा पनि संस्थाले बिभिन्न क्षेत्रमा राहत बितरण गरेको बताए ।
आजको कार्यक्रममा उपस्थीत सबै जेष्ठ नागरिकहरुले वडाले आफुहरु लाई गरेको सहयोग प्रति धन्यबाद दिएका छन ।