अत्तरिया- कैलालीको अत्तरिया बजारमा रहेका होटल तथा किराना पसलहरुमा आज अनुगमन गरिएको छ । क्षेत्रिय खाध्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय धनगढी , गुणस्तर तथा नाप तौल कार्यालय धनगढी र गोदावरी नगरपालिकको कार्यालयको संयुक्त आयोजनामा बजार अनुगमन गरिएको हो ।

अत्तरिया स्थित महेन्द्रनगर रोडमा रहेको सारथक गेष्ट हाउसवाट सुरु गरिएको अनुगमन आज र भोली दुई दिन सम्म चल्ने गोदावरी नगरपालिकाका खरिदार रघुनाथ जोशीले जानकारी दिए । बजार क्षेत्रमा रहेका अधिकंश होटल तथा किरानामा गरिएको अनुगमनका क्रममा सरसफाइमा लापरबाहि , खानेकुरामा अत्याधिक रङको प्रयोग , म्याद गुज्रेका सामग्रीहरुको बिक्री बितरण लगाएतका कमी कमजोरीहरु पाइएको क्षेत्रिय खाध्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय धनगढीका खाध्य अनुसन्धान अधिकृत उज्बल कोइरालाले बताए । ब्यापारीहरुले एक अर्काको देखासिकि गर्दै सर्वसाधारणको स्वास्थ्यमा प्रतिकुल असर गर्ने कुराहरुको प्रयोग गरिरहेको पयौ उनले भने - आफ्नो ब्यापार ब्यबसायलाई स्वाच्छ , सफा बनाइ कसरी उपभोक्तालाई सेवा दिन सकिन्छ भन्ने कुरामा ध्यान दिनुभन्दा पनि अरुको ब्यापार कसरी बढ्यो त्यसले के गर्दैछ भनेर देखासिकि गर्नाले समस्या उत्पन्न भैरहेको छ ।
पहिलो पटक सम्झाइ बुझाइ गरी छोडेको बताउदै खाध्य अनुसन्धान अधिकृत कोइरालाले अर्को पटक पनि गल्ती भेटिएमा कारबाहि गरिने चेताबनी दिएको बताए । अनुगमनमा सहभागी गोदावरी नगरपालिकाकी उप्रमुख रत्ना कडायतले बजार क्षेत्रमा गरिने अनुगमनले आम उपभोक्ता र ब्यापारीहरु सचेत हुने बताइन् । चार्डपर्वको समयमा बजारमा बिभिन्न बस्तुहरु मिसिएका खानेकुराहरु भित्रिने भएकाले यस तर्फ सबै सचेत रहनुपर्ने उनले बताइन् । जब सम्म हामी सबै सचेत हुदैनौ तब सम्म केहि हुदैन उनले भनिन्- यसका लागि हामी अनुगमनलाई निरन्तरता दिइरहेका छौ ।
अनुगमनलाई चार्डपर्वको समयमा मात्रै नभई आम उपभोक्ताको मागलाई मध्यनगर गर्दै महिना, दुईमहिनामा तिब्रता दिने बताइन् । क्षेत्रिय खाध्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय धनगढीका खाध्य अनुसन्धान अधिकृत उज्बल कोइराला , गुणस्तर तथा नाप तौल कार्यालय धनगढीका सिनियर मेकानिकल गंगा प्रसाद भट्ट , गोदावरी नगरपालिककी उपप्रमुख रत्ना कडायत , गोदावरी २ का वडाअध्यक्ष कृष्णराज जोशी , गोदावरी १ का वडा सदस्य कृत बहादुर चन्द , गोदावरी नगरपालिकाका खरिदार रघुनाथ जोशी र पत्रकारहरुको सहभागिता रहेको थियो ।