अत्तरिया- गोदावरी नगरपालिकाले आगामी आर्थिक बर्ष २०७६ -७७ का लागि आफ्नो निती तथा कार्यक्रम सार्वजनिक गरेको छ । नगरपालिकाले सार्वजनिक गरेको आगामी बर्षको निति तथा कार्यक्रममा गोदावरी सुदुरपश्चिम प्रदेशको स्थायी राजधानी घोषणा भईसकेकाले यसलाई स्मार्ट सिटिको रुपमा बिकास र आवश्यक पुर्वाधार निर्माण गर्न संघ र प्रदेश सरकारसंग सहकार्य गरिने उल्लेख गरेको छ । निति तथा कार्यक्रममा कृर्षि तर्फ कृषि र पर्यटनमा आधारित साना उद्योगहरुको प्रर्वद्धनमा जोड दिई यवाहरुको आर्कषण बढाइने , चालु आर्थिक बर्षमा गोदावरी नगरपालिकामाा सुदुरपश्चिम प्रदेशका सबै जिल्लाहरुमा पशु प्रजननमा सहयोग पुग्ने गरी कृतिम गर्भाधान केन्द्र स्थापना गरिने जनाएको छ ।
चालु आर्थिक बर्षमा पशु बधशालाको डिपिआर गर्ने कार्य सम्पन्न भएको छ । बास्तबिक किसानको पहिचान गर्न वडा स्तरमा किसानको प्रोफाईल तयार गर्ने ब्यवस्था गरिने उल्लेख गरिएको छ । सिचाई तथा प्रकोप व्यवस्थापन तर्फ भुमिगत सिंचाई समभाव्य भएका स्थानहरुमा स्यालो तथा डिप ट्युवेलका कार्यक्रमहरु पथमिकताका साथ कार्यान्वयन गरिने भएको छ भने जल तथा उत्पन्न व्यवस्थापन तर्फ स्थानिय स्तरमा उपलब्ध स्रोत साधनको प्रयोग गरि प्रकोप न्युनिकरणमा जोड दिइने भएको छ ।
खाद्य सुरक्षा तथा खाद्य पोषण तर्फ खाद्य बस्तुको स्वच्छता तथा गणस्तर सुनिश्चित गर्न नियमन कार्य प्रभावकारी बनाइने छ ।स्वास्थ्य तर्फ चालु आर्थिक बर्षमा मालाखेती अस्पतालमा फार्मेसी सेवा सुरु गरिएको र केही दिन मै आपत्कालिन सेवा संञ्चालन गरिने , गर्भवति तथा सुत्केरी महिलाहरुको स्वास्थ्य जाँचलाई अनिर्वाय गरिने , मालाखेतीलाई अस्पताललाई नगर अस्पतालको रुपमा बिकास गर्न आवश्यक पहल गरिने , एक वडा एक सरकारी स्वास्थ्य संस्थाको नितिलाई निरन्तरता दिइने , स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका नागरिकलाई पहुँचमा ल्याईने भएको छ ।
एचआईभि संक्रमित व्यक्तिहरुलाई स्वास्थ्य सेवामा निरन्तर पहुच कायम राखि आर्थिक स्तर सबलिकरणको लागि रोजगारिका अवसर सिर्जना गर्नुका साथै उपयुक्त पोषण सम्बन्धी चेतनामुलक कार्यक्रम सञ्चालन गर्न जोड दिइने नितीमा उल्लेख छ । वन तथा भु संरक्षण तर्फ नगर र नगर वरिपरि रहेका वन हरियालि ,सिमसार ,पानिका मुहान ,खाली क्षेत्र , नदितटिय उचित व्यबस्थापन गरिने छ । बिपन्नमुखि आयमुलक ,रोजगारमुलक ,तथा जिविकोपार्जन सुधार सम्बन्धी कार्यक्रमहरु सबै बन ब्यवस्थापन प्रणलिमा कार्यान्वयन गरिनेछ ।
बिश्व बन्यजन्तु कोष संगको सहकार्यमा गोदावरीधाम क्षेत्र भित्र वाईल्ड एनिमल रिहया बिलेसन स्थापना गर्न पहल गरिने जनाएको छ । उद्योग ,बाणिजय र पर्यटन तर्फ एक वडा एक बिशेष उत्पादन सम्बन्धी कार्यक्रमलाई कार्यान्वयन गरिने , स्वास्थ ब्यापार व्यबसायको अभिबृद्धिको कार्यक्रम संञ्चालन गरिने निति तथा कार्यक्रममा उल्लेख छ । मुत्त कमैया , दलित , आदिवासि , जनजाति ,बिपन्न परिवारका सदस्यलाई रोजगार तथा अन्य आयआर्जनका कार्यक्रममा संलग्न गराई उनिहरुको आर्थिक बिकासमा जोड दिइने र नगरमा व्यबस्थित एउटा सेभ हाउस निर्माण गरिने भएको छ ।
चालु आर्थिक बर्षमा गोदावरी नगरक्षेत्र भित्र वडा नं ७ को हरैयामा औद्योगिक क्षेत्र निर्माणका लागि अध्ययन गर्ने कार्य सम्पन्न भएको छ । सो अध्ययनको आधारमा डि पि आर बनाउने कार्यको लागि आबश्यक व्यवस्था गरिनेछ । एकिकृत बस्ति बिकासको लागि आबश्यक कार्य आगामि आ व मा सुरु गरिने छ । गोदावरी नगरपालिका क्षेत्र भित्रका ताल तलैयाहरुको संरक्षण गरि पर्यटन क्षेत्रको रुपमा बिकास गर्ने सुचना केन्द्र स्थापना गर्न निजि क्षेत्र सँग सहकार्य गरिनेछ ।
गोदावरी नगरभित्रका होटल र मोटलहरुमा कार्यरत जनशक्तिलाई सेवा प्रवाह ,सरसफाई , खानपिन र अन्य व्यवस्थापनका बिषयहरुमा निजहरुकै सहभागितामा क्षमता बिकासका कार्यक्रमहरु संंञ्चालन गरि होटेलहरुलाई आर्कषक र पर्यटकमैत्री बनाउनमा जोड दिइने निती लिएको छ । चालु आर्थिक बर्षमा वडा नं १ वाट एलानी प्रति जग्गाको लगत लिने काम सम्पन्न भएकाले उक्त कार्यलाई निरन्तरता दिई सबै वडाको अभिलेखीकरण गरिने र यसका लागि नापि बिभाग संग समन्वय गरिने , नगरपालिका भित्र रहेका सहकारी संस्थाहरुको नियमन र प्रभावकारिताका लागि सहकारि सम्बन्धी ऐन २०७५ तर्जुमा गरि कार्यान्वयन ल्याईने , नगर शिक्ष ऐन २०७५ लाई प्रभावकारी रुपमा कार्यान्वयन गरिने , नगर शिक्षा नियमावलि तर्जुमा गरि आधारभुत र माध्यामिक शिक्षालाई नियमन तथा व्यबस्थापन गरिने , बालबचाउ , बालसंरक्षण ,बालबिकास र बालसहभागिता जस्ता बालअधिकारका बिषयमा कार्यक्रमहरु बनाई , कार्यान्वयन गरिने नगरपालिकाको योजना रहेको छ ।
कक्षा ११ वाट पत्रकारिता सम्बन्धि अध्ययन र अध्यापन कार्य सुरु गरिने र सामुदायिक बिधालयलाई तत्सम्बधी पुर्वाधार खडा गर्न आवश्यक सहयोग एबम् सहकार्य गरिने भएको छ । आगमी आर्थिक बर्षमा गोदावरी नगरपालिकालाई साक्षर नगरपालिका घोषणा गरिने कुरा निति तथा कार्यक्रममा उल्लेख छ । सुचना तथा संचार तर्फ नगरपालिकाले एक फरक किसिमको कार्यक्रम ल्याएको छ । नगरपालिकाले स्थानिय स्तरमा सक्रिय पत्रकारहरुलाई प्रोत्साहनका लागि गोदावरी पत्रकारिता पुरस्कारको स्थापना गर्ने भएको छ । साना लगानीका संचार माध्यामहरुलाई प्रोत्साहनको निति लिइने भएको छ ।
सुसासन तथा सेवा प्रवाह तर्फ नागरिक सहयता कक्षा , गुनासो ब्यबस्थापन , सुचना ब्यबस्थापन र नागरिक वडा पत्रको समसामयिक ब्यबस्थापन गरिने भएको छ । राजश्व र बित्तिय ब्यबस्थापन तर्फ नगरपालिका क्षेत्र भित्र करको दायरमा नआएका करदाताहरुलाई करको दायरमा ल्याउन पहल गरिने , गोदावरी नगरपालिका भित्र ऐलानी प्रति जग्गामा बनेको घरहरुको अभिलेख राखि त्यस्ता घरहरुवाट बहाल बिरौटी शुल्क लिइने र कर प्रणालीलाई थप ब्यबस्थित पार्दशिता , सरल र सहज बनाइने योजना रहेको छ । सुकुम्बासीको ब्यबस्थापनका लागि सुकुम्बासीको पहिचान र अभिलेख ब्यबस्थापनको कार्य गरिने र नगर क्षेत्रभित्र रहेका सुकुम्बासीहरुलाई जिविको पार्जन संग सम्बृद्ध कार्यक्रमहरुमा समाबेश गराइने भएको छ ।
समाबेशीकरण तर्फ गोदावरी नगरपालिकालाई छुवाछुत नगरका रुपमा घोषणा गर्न पहल गरिने निति तथा कार्यक्रममा उल्लेख गरिएको छ । यस्तै अत्तरिया बसपार्कको जग्गाको भोगाधिकार लिई क्षेत्रिय बसपार्कको रुपमा बिकास गर्ने गरि बिस्तृत परियोजना प्रतिबेदन (डिपिआर) तयार भईसकेकाले सो अनुरुप पुर्वाधार बिकास गर्दै लगिने , अव्यबस्थित र सडक अतिक्रमण गरि बसेका घर , टहरा, छाप्राहरु हटाई शहरलाई व्यबस्थित बताबरणमैत्रि र हरित शहरको रुपमा बिकास गरिने , स्थानिय ब्यापार प्रबद्र्धन , हाटबजार ब्यवस्थापन लगाएतका कार्यमा स्थानिय उद्योग बाणिज्य संघ लगाएतका संस्था संग सहकार्य गरिने , दिगो बिकासको मुख्य आधार, स्वच्छ खानेपानि र सरसफाईयुक्त व्यबहार भन्ने नारालाई सार्थक तुल्याउने गरि नगरपालिका भित्रका टोलबस्तीहरुमा स्वच्छ खानेपानि ब्यवस्थापन गर्न नगरपालिका प्रदेश सरकारको श्रोत अधिकतम परिचालन गर्ने नितिलाई निरन्तरता दिइनेछ ।
पुर्ण सरसफाईको अभियानलाई सफल पार्न स्थानिय गैरसरकारि संस्था तथा सामाजिक संस्थाहरुसंग आपसि सहकार्य गरिनेछ । नगरपालिकाको उपलब्ध श्रोत र साधनले कार्यान्वयन गर्न नसकिने वडा बाट शिफारिश भएका ठुला योजना बिस्तृत परियोजना प्रतिबेदन (डिपिआर) तयार भएका योजनाहरु निर्माणका लागि बिशेष अनुदान समपुरक अनुदान परिचालन गरि सम्पन्न गर्न जोड दिइने , पशु तथा बालि बिमाका लागि कृषकहरुलाई प्रेरित गरि जोखिम न्युनिकरणमा जोड दिइने , स्वास्थकर मासुको लागि मासु जाच र पशुबधसाला निर्माणका लागि पहल गरिने निति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
नगरपालिकाल आगामी बर्षका लागि महत्वपुर्ण योजनाहरु सार्वजनिक गरेको भएपनि कार्यन्ब्य पक्ष भने फितलो हुने स्थानिय नगरबासीले बताएका छन् । एक बर्षका लागी ल्याएको निति तथा कार्यक्रमहरु सोहि बर्ष कार्यान्वयन नगरि हरेक बर्ष त्यसलाई निरन्तरता दिने स्थानियको बुझाई छ ।