गुलरिया - ग्लोबल आइएमई बैंकले कञ्चनपुर जिल्ला कृष्णपुर नगरपलिका वडा नं। ७,को कलुवापुर बजारमा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । यस शाखारहित बैंकिङ्ग सेवा संचालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या २४४पुगेको छ ।
बैंकले कञ्चनपुर जिल्ला कृष्णपुरनगरपलिका वडा नं। ७, कलुवापुर बजारमासञ्चालनमाल्याएको शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन कलुवापुर बजार ब्यवस्थापन समितिका अध्यक्ष तथा समाजसेवीश्री हरि बहादुर गैराल तथा ग्लोबल आइएमई बैंक लिमिटेड सुदुर पश्चिम प्रमुख मुकुन्द प्रसाद भट्टले संयुक्त रुपमा गर्नुभएको थियो ।
उक्तशाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधि गंगाराम रानालाई नियुक्त गरिएको छ । शाखारहित बैंकिङ्ग सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानिय बासिन्दाले स्थानिय प्रतिनिधि मार्पmत बैंकिङ्ग सेवालिन सक्नेछन् ।यसबाट निक्षेप खाताखोल्ने, तोकिएको सीमा सम्मको रकमजम्मागर्ने तथाझिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याजभुक्तानीगर्ने, महसुलभुक्तानीगर्ने, मोबाइल रिचार्ज गर्ने लगायतका सेवासमेत लिन सकिने ग्लोबल आइएमई बैंक लिमिटेड अत्तरिया शाखा प्रबन्धकश्री भुवन प्रसाद भट्ट ले जानकारी दिनुभयो ।
कृषि, रेमिट्यान्स तथापर्यटन मुख्य आयस्रोत रहेको यी क्षेत्रका बासिन्दाले बैंकिङ्ग सेवाउपभोग गर्नकालागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई हटाउनको लागि ग्लोबल आइएमई बैंकले ति स्थानहरुमा शाखारहित बैंकिङ्ग सेवा शुरु गरेको छ ।
ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्गसेवाको पहुँच पु¥याउने उद्देश्यले ७३ वटा जिल्लामा फैलिएको २६४ शाखा सञ्जाल सहित २३९ एटिएम, ४७ एक्सटेन्सन काउण्टर तथा राजश्व संकलन काउण्टर, २४४ शाखा रहित बैंकिङ्ग सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि÷सम्र्पक कार्यालय मार्फत आफ्ना २१ लाखभन्दा बढि ग्राहकहरु मझ सेवाप्रदान गर्दै आइरहेकोछ ।