अत्तरिया - कैलालीको अत्तरियामा प्रथम गोदावरी खुल्ला व्याटमिन्टन प्रतियोगीता सुरु भएको छ । अत्तरिया युवा क्लबको आयोजना र सुदुरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयको सहकार्यमा प्रतियोगीता सुरु भएको हो ।
प्रतियोगीताको आईतबार एक औपचारीक कार्यक्रमका बिच गोदावरी नगरपालिकाका नगरप्रमुख हरि सिँ साउँदले उद्घाटन गरे । क्लबका अध्यक्ष दिलिप कुमार साउँदको सभापतित्वमा आयोजित कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख साउँद रहेका थिए भने विशिष्ठ अतिथिमा उपप्रमुख रत्ना कडायत रहेकी थिईन ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका कार्यालय प्रमुख अनुप शमशेर राणा, सुदुरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख एसपी बामदेब गौतम, ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायब उपरिक्षक प्रेम बहादुर शाही, गोदावरी नगरपालिका वडा नं. १० का वडाध्यक्ष रविन्द्र शाही, नेपाल उद्योग वाणिज्य महासंघकी केन्द्रिय सदस्य कल्पना गैरे, अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष अशोकराज देवकोटा, संस्थापक अध्यक्ष बसन्त रोकाया लगायतको सहभागीता रहेको थियो ।
क्लबका सचिव मदन जोशीले स्वागत मन्तव्य व्यक्त गरेको उद्घाटन कार्यक्रमको सञ्चालन क्लबका महासचिव भरत साउँदले गरेका थिए ।
आईतबार बाट सुरु भएको प्रतियोगीता यही पुष २९ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगीताको मुख्य प्रायोजकमा गोदावरी नगरपालिका रहेको छ भने सह प्रायोजकमा सामाजिक विकाश मन्त्रालय रहेको छ ।
२० वटा टिमको सहभागीता रहेको प्रतियोगीताको प्रथम पुरस्कार रु.२५ हजार, द्धितिय पुरस्कार १५ हजार र तृतिय पुरस्कार १० हजार तोकिएको छ ।