अत्तरिया - न्यु सत्कार दोहोरि साझ तथा रेष्टुरेन्टको प्रथम बार्षिक उत्सब भब्यताका साथ सम्पन्न भएको छ । न्यु सत्कार दोहोरि साझकी संचालिका एबम् गोदावरी होटल ब्यबसायी संघकी अध्यक्ष धना देवी चोखालको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा गोदावरी नगरपालिका नगर प्रमुख हरि सिं साउद प्रमुख अतिथि रहनुभएको थियो ।
यस्तै कार्यक्रममा होटल व्यावसायी महासघं नेपालका केन्द्रीय अध्यक्ष हिराध्वज शाह , महासचिव विरबन्जन बटाला ,कृष्णपुर नगरपालिका नगर प्रमुख कर्ण ब.हमाल ,गोदावरी नगरपालिकाकि कार्यपालिका सदस्य ईश्वरा आचर्य , कैलाली होटल व्यासायी सघं अध्यक्ष एवम केन्द्रीय सदस्य कलम बम , होटल व्यावसायी महासघं केन्द्रीय सदस्य भरत भट्टराई विषिष्ट अतिथि रहेको थिए ।
यस्तै कार्यक्रममा राष्ट्रिय लोक सास्कृति प्रर्तिस्ठानका अध्यक्ष लिला बास्कोटा होटल व्यावसायी सघं डोटीका अध्यक्ष राजेन्द्र शाहि ,कैलाली होटल व्यावसायी संघ महासचिव केसब पान्डे , चर्चित र्याफर अराज केशव गिरि लगाएत सुदूरपश्चिममा बिभिन्न देउडा गायक गायिकाहरुको सहभगिता रहेको थियो ।
कार्यक्रममा सहभागिहरुले आफ्नो भाषा , कला , संस्कृति कहिले भुल्न नहुने बताएका थिए । न्यु सत्कार दोहोरि साझकी संचालिका धना चोखालले निकै कठिनाईका बिचमा साझ संचालन गरिरहेको बताइन् ।
कोरोना महामारीका बेला ठप्प रहेको दोहोरी साझ भरखरै संचालनमा आउदा पनि प्रहरी प्रशासनवाट साथ सहयोग नपाएको गुनासो पोखिन ।
उनले दोहोरी साझले धेरैलाई रोजगारीको अबसर दिलाएको र स्थान नपाएका कलाकारहरुलाई एउटा स्थान दिदै आएको बताइन् ।
उनले कार्यक्रममा आएका सम्पूर्णलाई धन्यवाद दिदै आगामी दिनहरुमा सबैको सुझाव सल्लाह अनुसार नै अगाढी बढ्ने बताइन् । कार्यक्रममा सहभागीहरुलाई गायक सुरेश चोखालले स्वागत गरेका थिए ।